Posts

Showing posts from August, 2009

चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलद्वारा एसएलसी उत्तीर्ण विद्यार्थी सम्मानीत

सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०६५ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका भाइबहिनीहरूलाई सम्मान गर्यो । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ५० जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ८८.३८ प्रतिशत ल्याउने संजीव राजथला सिरुटार गाविसका उत्कृष्ट विद्यार्थी घोषित भए भने ८६.६३ प्रतिशत ल्याउने अलिशा मिश्र छात्रातर्फको उत्कृष्ट विद्यार्थी घोषित भएकी थिइन । ८६ प्रतिशत ल्याउने सल्मा राउत सहित ६ जनाले विशिष्ट श्रेणी, ३९ जनाले प्रथम श्रेणी र ५ जनाले दोस्रो श्रेणी प्राप्त उत्तीर्ण भएका थिए । समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिरुटार इङ्गलिस स्कूलका स-साना नानीहरूबाट राष्ट्रिय गानबाट शुभारम्भ भएको थियो । समाजका सल्लाहकार विष्णुकाजी थापाले समाजको साधारण परिचय र स्वागत मन्तव्य दिएका थिए । स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५