Posts

Showing posts from October, 2009

शुभकामना तथा सम्मान कार्यक्रम

आज मिति २०६६ आश्विन ३१ गते, सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले "नेपाल छात्रा विद्यापदक" बाट सम्मानित छात्रा सृष्टि के.सीलाई सम्मान एवं शुभ-दिपावली २०६६ र नेपाल सम्बत ११३० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्‍यो । नेपाल अन्धा कल्याण संघका महासचिव समेत रहनु भएका दृष्टिविहीन उप-प्रध्यापक कुमार थापाको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष लक्ष्मणराज बिष्टको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अर्न्तर्गत वि.सं.२०६५ सालको प्रविणता प्रमाणपत्र तहमा सर्वोकृष्ट छात्रा भई "नेपाल छात्रा विद्यापदक"बाट सम्मानीत भएकी स्थानीय सिरुटार निवासी छात्रा सृष्टि के.सी.लाई भौतिक रुपमा दृष्टिविहीन भएता पनि ज्ञान र शैक्षिक क्षमताबाट आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै सिरुटार गाविस सहित मुलुककै गरिमा बढाउने कार्य गर्नु भएको भन्दै सिरु बौद्धिक समाजले सम्मान गरेको थियो । प्रमुख अतिथि उपप्रध्यापक थापाले सिरु बौद्धिक समाजको तर्फबाट सृष्टि केसीलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष लक्ष्मणराज विष्ट