Posts

Showing posts from July, 2014

१५ औं साधारणसभा र नयाँ कार्यसमिति चयन

Image
भक्तपुर जिल्लाको सिरुटार गाविसमा कार्यरत सामाजिक संस्था सिरु बौद्धिक समाजको १५ औं साधारण सभा आज भक्तपुर र काभ्रेको सिमानामा अवस्थित आशापुरेश्वर महादेवस्थानमा सम्पन्न भयो । स्नातकभन्दा माथिल्लो शैक्षिक उपाधि हासिल गरेका स्थानीय युवाहरुको समूहबाट गठन भएको यस समाजिक संस्थाले स्थानीय सिरुटार गाविसको स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा सक्रिय रुपमा विगत १८ वर्षदेखि सक्रिय रहँदै आएको छ । स्थानीय विद्यालयहरुको स्तरवृद्धि, भौतिक निर्माण, शैक्षिक जागरण तथा विकासका क्षेत्रका साथै स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत यसको भूमिका उल्लेखनीय रहेको छ । समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा आयोजित साधारणसभा समाजका सल्लाहकारहरु डा.बालचन्द्र मिश्र, शशीजंग थापा, उक्त कार्यक्रममा समाजका सचिव सनोदकुमार थापाले समाजको वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सल्लाहकार डा.बालचन्द्र मिश्र, सिरुटार गाविसका पूर्व अध्यक्ष शशिजंग थापा, समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मणर