Posts

Showing posts from September, 2018

स्मार्टसिटी (नयाँनगर योजना)” विषयक गोष्ठी सम्पन्न

Image
मिति २०७५ भाद्र ३० गते शनिवार, काठमाडौं । नेपाल सरकारले अगाडी ल्याएको राजधानी काठमाडौं उपत्यकाका चार दिशामा चारवटा नयाँ शहर (स्मार्टसिटी) निर्माण गर्ने विशेष अभियानलाई सफल पार्न उक्त कार्यक्रम लागू हुने क्षेत्रका सर्वसाधारणलाई यथार्थ जानकारी गाउने उद्देश्य अनुरुप सिरु बौद्धिक समाज, सिरुटारले “स्मार्टसिटी (नयाँ नगर योजना)” विषयक गोष्ठी राजधानी काठमाडौंको साप फल्चा बबरमहलमा सम्पन्न गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्य, समाजका अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा सम्पन्न गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य ई.सुनिलबाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने स्मार्ट सिटीलाई विज्ञान तथा प्रविधिमैत्री बनाउन सक्नुपर्छ । भन्ने जोड दिनु भयो । साथै उक्त कार्यलाई जनप्रतिनिधिका रुपमा रहनु भएका प्रदेशसभाका सदस्य, स्थानीय नगरपालिकाका मेयर, उपमेयर तथा उपस्थित बुद्धिजीवी वर्गलाई स्वच्छ, सफा र हराभरा नयाँ सहर निर्माण गर्न लाग्नुपर्नेमा जोड दि