Posts

Showing posts from 2022

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

Image
  भक्तपुर , सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित सिरु बौद्धिक समाजको १९ औं साधारणसभा तथा सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम स्थानीय विन्ध्यवासिनी पार्टी प्यालेसमा सुसम्पन्न भयो । वागमती प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाज्यूको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री ध्रुवराज विष्टले गर्नु भएको थियो भने वागमती प्रदेश प्रमुख कार्यालयका सचिव श्री शिवराम न्यौपाने तथा महालक्ष्मी नगरपालिका , ललितपुरका शिक्षा विभाग प्रमुख श्री चिरञ्जीवि पौडेललाई विशेष आतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु भयो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भयो र कोषाध्यक्ष श्री गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा स्थानीय चरखण्डी तीर्थस्थल संरक्षण संस्थाका अध्यक्ष श्री कृष्णबहादुर थापा , सिरुटार माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री नारायणप्रसाद पोखरेल , श्री कुलमाया भगवत