उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

 भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १९ औं साधारणसभा तथा सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम स्थानीय विन्ध्यवासिनी पार्टी प्यालेसमा सुसम्पन्न भयो ।

वागमती प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाज्यूको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री ध्रुवराज विष्टले गर्नु भएको थियो भने वागमती प्रदेश प्रमुख कार्यालयका सचिव श्री शिवराम न्यौपाने तथा महालक्ष्मी नगरपालिका, ललितपुरका शिक्षा विभाग प्रमुख श्री चिरञ्जीवि पौडेललाई विशेष आतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु भयो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भयो र कोषाध्यक्ष श्री गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा स्थानीय चरखण्डी तीर्थस्थल संरक्षण संस्थाका अध्यक्ष श्री कृष्णबहादुर थापा, सिरुटार माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री नारायणप्रसाद पोखरेल, श्री कुलमाया भगवती माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री मुरारी प्रसाद घिमिरे, श्री क्याण्डिड एकेडेमीका प्राचार्य श्री धर्मप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी सिरुटार इकाई सभापति श्री अभिमन्यू राउत, सिमबिरुवा खानेपानी उपभोक्ता समितिका सचिव श्री मधुकर थापा, चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका सचिव श्री मिठाराम न्यौपाने, समाजका पूर्व अध्यक्ष श्री मुकुन्द प्रसाद पोखरेल, पूर्व अध्यक्ष डा.देवनारायण कार्की, पूर्व अध्यक्ष श्री बाबुशरण श्रेष्ठ, सल्लाहकार डा.बालचन्द्र मिश्र लगायत समाजका पदाधिकारी, आजीवन तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

स्थानीय निर्वाचन २०७९ बाट सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित वडा अध्यक्ष श्री सानुकाजी कायस्थ, वडा सदस्य श्री कुमार प्रसाद चौलागाई तथा श्री सुवास न्यौपाने, महिला वडा सदस्य श्रीमती मञ्जु कार्की, दलित महिला वडा सदस्य श्रीमती कल्पना नेपालीलाई प्रमुख अतिथि माननीय श्री शशीजंग थापाज्यूबाट सम्मान पत्र समेत प्रदान गरी सम्मान गरिएको थियो ।

विशेष अतिथि वागमती प्रदेश प्रमुख कार्यालयका सचिव श्री शिवराम न्यौपाने र स्थानीय सिमबिरुवा खानेपानी उपभोक्ता समितिका सचिव श्री मधुकर थापाले साधारण सभाको सफलता र नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसै गरी नवनिर्वाचित जनप्रतिनिधिको तर्फबाट वडा अध्यक्ष श्री सानुकाजी कायस्थले जनमतबाट आफू पुनः निर्वाचित भएकोमा स्थानीय मतदाता सबैलाई धन्यवाद दिँदै वडाको विकासको कार्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता प्रकट गर्नु भयो । प्रमुख अतिथी प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाज्यूले समाजको १९ औं साधारणसभाको सफलताका साथै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु हुँदै सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिनुका साथै स्थानीय विकासमा प्रदेश सभा सदस्यको हैसियतमा सूर्यविनायक नगरपालिका वडा नं.१ को विकास निर्माणमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साधारणसभाका सभापति एवं समाजका अध्यक्ष ध्रुवराज विष्टले आफ्नो कार्यकाल सफल पुर्‌याउन सहयोग पुराउनु हुने कार्यसमिति लगायत सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

दोस्रो शत्रले समाजको नयाँ कार्य समिति
















सर्वसम्मत चयन गर्यो । नेपाल सरकार, न्याय सेवाका पूर्व सहसचिव एवम् अधिवक्ता श्री विष्णुकाजी थापाको अध्यक्षतामा राजेन्द्र कुमार श्रेष्ठ उपाध्यक्ष, सनोदकुमार थापा सचिव, नातिकाजी बस्नेत कोषाध्यक्ष र सदस्यहरुमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, सुश्री भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर के.सी. र नवराज गिरी सहितको १३ सदस्यीय नयाँ कार्य समिति गठन भयो । साथै सिरु बौद्धिक समाजको विधानमा सूर्यविनायक नगरपालिका वडा नं.१ को अध्यक्ष कार्य समितिको पदेन सदस्य रहने प्रावधान अनुरुप वडा अध्यक्ष श्री सानुकाजी कायस्थ समेत कार्य समिति सदस्य रहनु हुने छ ।

Comments

Popular posts from this blog

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति