शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

सिरु बौद्धिक समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार अवकास प्राप्त उप–सचिव श्री लक्ष्मणराज बिष्टद्वारा लिखित पुस्तक “जीवन–यात्रा” लोकार्पण एवम् नववर्ष २०७८ को शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम वरिष्ठ पत्रकार एवम् समाजसेवी श्री भैरव रिसालको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय श्री शशीजंग थापाको विशेष आतिथ्यमा आज मिति २०७७।१२।२८ गते स्थानीय सुर्यविनायक नगरपालिका वडा नं.१ सोमलिङ्गेश्वर महादेवस्थान स्थित बुढाथोकी पार्टी प्यालेसमा सुसम्पन्न भयो । 

सिरु बौद्धिक समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष अधिवक्ता श्री ध्रुवराज विष्टको सभापतित्वमा आयोजना भएको थियो । उक्त कार्यक्रमा प्रधानमन्त्री सचिवालय सदस्य एवम् ने.क.पा.(एमाले) केन्द्रीय सदस्य श्री राजेन्द्र राजथला, श्री महालक्ष्मी नगरपालिका शिक्षा विभाग प्रमुख श्री चिरन्जीवि पौडेल, सूर्यविनायक नगरपालिका सहकारी प्रमुख श्री राजेन्द्रकुमार श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री सानुकाजी कायस्थ, सु.न.पा. कार्यपालिका सदस्य अम्बिका न्यौपाने, सिरुटार खानेपानी समितिका अध्यक्ष श्री भाइकृष्ण श्रेष्ठ, सिरुटार योग साधना केन्द्रकी संयोजक श्री अन्जना कायस्थ, शिशु स्याहार प्रा.वि.का प्रधान्यापिका सुश्री भगवती थापा लगायत सिरु बौद्धिक समाजका पूर्व अध्यक्ष, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारी, सदस्यहरु सहितको उपस्थिति रहेको थियो । समाजको तर्पmबाट ग्रामीण आवास कम्पनीका पूर्व महाप्रबन्धक कार्यसमिति सदस्य श्री नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नुका साथै समाजको गतिविधि बारे प्रकाश पार्न भएको थियो । प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् समाजसेवी श्री भैरव रिसाजबाट पानसमा दीप प्रज्वलन गरी समुद्टन भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवम् सल्लाहकार श्री लक्ष्मणराज विष्टद्वारा लिखित पुस्तक “जीवन–यात्रा” को समेत लोकार्पण गर्नु भयो । कृतिकार श्री लक्ष्मणराज विष्टद्वारा कृतिको सारसंक्षेप प्रस्तुत गुर्न भएको थियो । १९९७ मंसिर २ गते स्थानीय सिरुटारमा जन्मनु भएका ८१ वर्षीय श्री लक्ष्मणराज विष्ट २०२२ साल वैशाख १७ गते सहकारी सबइन्स्पेक्टर (खरिदार सरह) पदमा नियुक्त भई २०५८ चैत्र मसान्तमा उमेरको हदले उपसचिव पदबाट अवकास प्राप्त गर्नु भएको सेवाकालिन अनुभव, भोगाई र विभिन्न जिल्लाहरुमा कार्य गर्नुका साथै समाजको संस्थापक सदस्य हुनु भई तीन कार्यकाल कार्यसमिति अध्यक्ष रहनु भई विभिन्न सामाजिक संस्था लगायत योग साधना केन्द्र नेपालका सह योग शिक्षक भई कार्य गर्दाको अनुभवहरु समेट्नु भएको थियो । साथै वहाले पहिले पुस्तकको रुपमा सूर्यविनायक नगरपालिका वडा नं.१ सिरुटार, भक्तपुरका विष्ट परिवारको वंशावली तथा कुलदेवता पूजा नामक पुस्तक समेत प्रकाशन ल्याउनु भएको थियो । उक्त पुस्तकमा बाल्यजीवन, शिक्षा आर्जनका अनुभूति, तत्कालीन सामाजिक आर्थिक एवम् शैक्षिक अवस्थाको समेत उजागर गर्नु भएको थियो । त्यसको अलावा भारत तथा स्वदेशका तीर्थस्थलहरुको धार्मिक यात्राहरुको संस्मरणत्मक अनुभवहरु समेट्नु भएको थियो । वहाँले स्वीडेन, नेदरल्याण्ड, हङकङ लगायतका विदेश भ्रमण गर्नु भएको उल्लेख गर्नु हुँदै वहाँको हजुरबुबा नेपाली सेनाका सेवारत रहनु भएको साथै बुबा सुवेदार पदमा अवकास लिनु भएको र कान्छो छोरा नेपाली सेनाकै इन्जिनियर प्रमुख सेनानी भई कार्यरत रही रहेको समेत उल्लेख गर्नु भएको छ । जसबाट सैनिक सेवामा उहाँको परिवारको देन र लगाव रहेको देखिन्छ । 

स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व गदै सूर्यविनायक न.पा. वडा नं.१ का वडा अध्यक्ष सानुकाजी कायस्थले नववर्ष २०७८ को शुभकामना व्यक्त गर्नु हुँदै वहाँको कृतिमा उल्लेखित अनुभवलाई नजिकबाट नियाल्न पाएकोमा खुसी व्यक्त गर्दै वहाँ पुस्तकको सफलता र वहाँको सुस्वास्थ्य दीर्घजीवनको कामना गर्दै ८१ वर्षको उमेरमा पनि यसरी कृति लेखन र सामाजिक कार्यमा सक्रिय रहन सफल रहनु भएकोमा कृतज्ञता प्रकट गर्नु भयो । 

त्यसै गरी विशेष अतिथिको रुपमा उपस्थित रहनु भएका बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय श्री शशीजंग थापाज्यूबाट नववर्ष २०७८ को शुभकामना व्यक्त गर्नुहुँदै कृतिकारले ८० वर्ष अगाडि तिरको काँठको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था यस पुस्तक उजागर गर्नु हुँदै विगतलाई नजिकबाट नियाल्न यो पुस्तक ज्यादै महत्व हुने बताउनु हुँदै अरुलाई पनि आप्mना अनुभवहरु समेट्दै कृतिहरु प्रकाशन गर्न यो प्रेरणा बन्न सक्ने बताउनु भयो ।

 ९३ वर्षीय वरिष्ठ पत्रकार एवम् समाज सेवी श्री भैरव रिसालज्यूले यही भूमिमा आपूm खेली हुर्कि यहाँको दुःख, सुख सबै अनुभव बटुलेको बताउनु हुँदै स्थानीय किसान आन्दोलन सहयात्रीहरु पदमबहादुर बुढाथोकी, लिलाबहादुर थापा लगायतको देनको उल्लेख गर्दै नयाँ जातका लेर्मा ५२ गहुँ, ताइचिन धान, सिँचाई र रसायनिक मलले काँठका किसानहरुको उब्जिनी बढ्न गई आर्थिक अवस्थामा सुधार ल्याए बताउनु हुँदै अहिले कृषिप्रति बेवास्ता बढ्दै जमिन बिक्री हुँदै जमिन नष्ट हुन गएको दुखेसो व्यक्त गर्नु भयो । नववर्ष २०७८ को शुभकामना व्यक्त गर्नु हुँदै कृतिका अनुभवलाई आपूmले भोगेका यथार्थ अझ उजागर गर्दै कृतिको सफलता र अरुलाई पनि कृतिबाट पाठ सिक्न र आप्mना अनुभवहरुलाई कृतिको रुप दिन प्रेरणा दिनु भयो । 

अन्तमा सभापति समाजका अध्यक्ष एवम् पुस्तकका प्रकाशन अधिवक्ता श्री ध्रुवराज विष्टले प्रकाशकको तर्पmबाट पुस्तक प्रकाशनको अनुभव र कृतिकारले पुस्तक लेख्न धच्धचाउनु अभिप्रेरित गर्नुका अनुभवका साथै समाजले गरेका कार्यहरुको प्रकाश पार्नु भयो । अन्तमा कृतिको सफलता एवम् नववर्ष २०७८ को पावन अवसरमा उपस्थित महानुभाव लगायत सबैमा कोभिड १९ को महामारी रोगसँग सचेत हुँदै सुस्वास्थ्य रहँदै मुलुकको शान्ति, समृद्धिमा लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्दै यो कार्यक्रम सफलतापूर्वक सुसम्पन्न गराउन सहयोग पु¥याउने लागयत उपस्थित सम्पूर्ण अतिथि वर्गमा धन्यवाद ज्ञानप गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।























Comments

Popular posts from this blog

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति