अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १८ औं साधारणसभा वडा नं.१ सभाहल, सिरुटारमा सुसम्पन्न भएको छ । समाजको अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा आयोजित १८ औं साधारणसभा प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाको प्रमुख आतिथ्य, सूर्यविनायक न.पा. वडा नं.१ का वडा अध्यक्ष सानुकाजी कायस्थको विशेष आतिथ्यमा आयोजित साधारण सभामा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको भयो भने कोषाध्यक्ष श्री गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस साधारणसभालाई सफलताको कामना सहित समाजका सल्लाहकार संयोजक डा.बालचन्द्र मिश्रले शुभकामना मन्तव्य राख्नु भएको थियो भने विशेष अतिथि वडा अध्यक्ष सानुकाजी कायस्थले साधारणसभा सफलताको कामना सहित सूर्यविनायक नगरपालिकाका सबै वडाहरुमा विकासको लहर चलेको र आपूm जनप्रतिनिधीहरु कामको गुणस्तर, भए नभएको प्रत्यक्ष निगरानीको लागि कार्य सम्पादनको अवस्था बुभ्mनको लागि हरेक निर्माण क्षेत्रमा गई बुभ्mने गरेको जानकारी गराउनु भएको थियो । हाल आएर सू.न.पा.वडा नं.१ मा खानेपानी, स्वास्थ्य, सडकको लागि ठूलो बजेट विनियोजित भइरहेको जानकारी गराउनु हुँदै उक्त रकम प्रयोजनको सही बाटो पहिचान गरी कार्य गर्न सुझाव समेत दिनु भयो । त्यसै गरी प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाज्यू काठमाडौं उपत्यका भित्र ४ गोटा स्मार्टसिटी बनाउने कार्य योजनाको लागि समाजले गोष्ठी आयोजना गर्नुका साथै विशेषाङ्कको रुपमा प्रकाश ल्याएको तथा आपूm स्थानीय निकाय (सिरुटार गाविस) प्रमुख, सिरुटार गाविसको वडा नं.१ अध्यक्ष श्री सानुकाजी कायस्थले स्थानीय स्तरमा ठूलो रुपमा कार्य भइरहेको बताउनु हुँदै खानेपानी, सडक विस्तार, पिच गर्ने, ढल, निकाशा तथा सिंचाईको समेत व्यवस्था मिलाउने कार्य द्रुत गतिका बढिरहेको जानकारी गराउनु हुँदै सामाजिक जनचेतना, स्वास्थ्य, शिक्षा, जेष्ठनागरिक तथा बालविकासका क्षेत्रमा सामाजिक दायित्व निर्वाह गर्ने क्षेत्रमा कार्य गर्न सिरु बौद्धिक समाजसँग सहकार्य गर्न प्रस्ताव समेत राख्नु भएको थियो । साधारणसभाका सभापति एवं समाजका अध्यक्ष ध्रुवराज विष्टले आप्mनो कार्यकाल सफल पु¥याउन सहयोग पुराउनु हुने कार्यसमिति लगायत सबै सदस्य महानुभावलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएपनि दोस्रो शस्त्रले सचिव, कोषाध्यक्षको प्रतिवेदन पास गर्दै आगामी २ वर्षको लागि नयाँ कार्य समिति चयन गरेको थियो । ध्रुवराज विष्टको अध्यक्षतामा विष्णुकाजी थापा उपाध्यक्ष, सनोदकुमार थापा सचिव, कोषाध्यक्ष गीताप्रसाद पोखरेल र सदस्यहरुमा नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, राजेन्द्रकुमार श्रेष्ठ, नातिकाजी बस्नेत, राजकुमार श्रेष्ठ, सुश्री भगवती थापा र जनार्दन न्यौपाने सहितको ११ सदस्यीय नयाँ कार्य समिति गठन भयो । समाजका सल्लाहकार एवं प्रदेश सभा सदस्य माननीय शशीजंग थापाले सपथग्रहरण गराउनु हुँदै नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । त्यसै गरी समाजका पूर्व सहसचिव तथा सदस्य श्री राजेशमान केसी एवं पूर्व अध्यक्ष एवं सल्लाहकार डा.देवनारायण कार्कीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न