Posts

Showing posts from June, 2012

सिरु बौद्धिक तेह्रौं साधारणसभा सम्पन्न

Image
सिरु बौद्धिक समाज, सिरुटार भक्तपुरको १३ औं साधारणसभा २०६८ चैत्र २५ गते शनिवार भक्तपुर जिल्लाको रमणीयस्थल सल्लाघारी स्थित च्वङ्गगणेशमन्दिर परिसरमा समाजका अध्यक्ष श्री लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न भयो । २०५२ सालमा भक्तपुर जिल्लाको सिरुटार गाविस भित्रका स्नातक पास गरेका समूहले गठन गरेको सामाजिक संस्था हो । उक्त साधारणसभाले गतवर्षको कार्य प्रगति विवरण र आयव्ययको विवरण सचिव सनोदकुमार थापाले प्रस्तुत गर्नुभएको थियो । उक्त सभाले समाजले भावी कार्यक्रम र योजना समेत साधारणसभामा पेश गरेको थियो । उक्त साधारणसभाले डा.देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको थियो । उपाध्यक्षद्वय रमण कायस्थ, ध्रुवराज विष्ट, सचिवमा सनोदकुमार थापा, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सह—सचिवमा राजेशमान के.सी. र सदस्यहरुमा राजकुमार श्रेष्ठ, सुश्री भगवती थापा, गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रवीन्द्रकुमार थापा, रामकृष्ण कार्की र एक जना सदस्य कार्य समितिको बैठकबाट मनोनयन गर्ने गरी सम्पन्न भयो । उक्त साधारणसभामा पूर्वअध्यक्ष तथा सल्लाहकार मुकुन्द पोखरेल र अष्ट बहादुर श्रेष्ठ, गाव