सिरु बौद्धिक तेह्रौं साधारणसभा सम्पन्न

सिरु बौद्धिक समाज, सिरुटार भक्तपुरको १३ औं साधारणसभा २०६८ चैत्र २५ गते शनिवार भक्तपुर जिल्लाको रमणीयस्थल सल्लाघारी स्थित च्वङ्गगणेशमन्दिर परिसरमा समाजका अध्यक्ष श्री लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न भयो । २०५२ सालमा भक्तपुर जिल्लाको सिरुटार गाविस भित्रका स्नातक पास गरेका समूहले गठन गरेको सामाजिक संस्था हो । उक्त साधारणसभाले गतवर्षको कार्य प्रगति विवरण र आयव्ययको विवरण सचिव सनोदकुमार थापाले प्रस्तुत गर्नुभएको थियो । उक्त सभाले समाजले भावी कार्यक्रम र योजना समेत साधारणसभामा पेश गरेको थियो । उक्त साधारणसभाले डा.देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको थियो । उपाध्यक्षद्वय रमण कायस्थ, ध्रुवराज विष्ट, सचिवमा सनोदकुमार थापा, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सह—सचिवमा राजेशमान के.सी. र सदस्यहरुमा राजकुमार श्रेष्ठ, सुश्री भगवती थापा, गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रवीन्द्रकुमार थापा, रामकृष्ण कार्की र एक जना सदस्य कार्य समितिको बैठकबाट मनोनयन गर्ने गरी सम्पन्न भयो । उक्त साधारणसभामा पूर्वअध्यक्ष तथा सल्लाहकार मुकुन्द पोखरेल र अष्ट बहादुर श्रेष्ठ, गाविस पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार शशीजंग थापा तथा श्रीमती माया थापाले समाजको गतिविधिलाई सक्रिय बनाउन तथा स्थानीय निकायसंग समन्वय गरी समाजको विकास र सुधारका लागि कार्य गर्न सुझाव दिनुका साथै पूरानो कार्य समितिलाई धन्यवादका साथै नवगठित कार्य समितिलाई बधाई दिएका थिए । सोही साधारणसभाबाट नवगठित कार्य समितिको सोही स्थानमा बसेको पहिलो बैठकले यस सिरु बौद्धिक समाजमा लामो समयसम्म संलग्न रही समाज सेवाको क्षेत्रमा योगदान पु¥याउनु भएका संस्थाका पूर्व पदाधिकारीहरु मध्येबाट संस्थाको उत्थान, संरक्षणका लागि सल्लाह, सुझावका लागि अनुभवहरू संगाल्नु भएका समाजका निर्वतमान अध्यक्ष लक्ष्मणराज विष्ट, पूर्व अध्यक्ष अष्टबहादुर श्रेष्ठ, पूर्व उपाध्यक्ष द्वय विष्णुकाजी थापा तथा डा.बालचन्द्र मिश्र र गाविस पूर्व अध्यक्ष एवं तत्कालीन पदेन सदस्य शशीजंग थापा समाजको सल्लाहकारमा चयन गरिएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न