Posts

Showing posts from 2017

पुनर्जागरण साप्ताहिक पत्रिका २०७४ भाद्र १३ गते प्रकाशित खवर

Image

नवनिर्वाचित जनप्रतिनिधीलार्इ बधार्इ तथा शुभकामना

Image
आज मिति २०७४ असार १० गते सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरको आयोजनामा स्थानीयतह २०७४ को निर्वाचनमा सूर्यविनायक न.पा.वडा नं.१ मा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो । सूर्यविनायक न.पा.वडा नं.१ को जनप्रतिनिधीको रुपमा नवनिर्वाचित हुनु भएका वडा अध्यक्ष सानुकाजी कायस्थ, महिला सदस्य श्रीमती अम्बिका न्यौपाने, दलित महिला सदस्य श्रीमती कल्पना नेपाली, वडा सदस्यद्वय श्री बाबुकाजी श्रेष्ठ, श्री प्रदीप कार्की रहेका छन् । उक्त समाजका अध्यक्ष श्री ध्रुवराज विष्टको सभापतित्वमा स्थानीय सिरुटार इङ्लिस सेकेण्डरी स्कूलमा सम्पन्न उक्त बधाई तथा शुभकामना कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय विद्यालयहरुका प्रमुख, स्थानीय सामाजिक संस्थाका पदाधिकारीहरु समाजका सल्लाहकारहरु तथा स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा सदस्य श्री नातिबाबु बुढाथोकीले समाज गतिविधीको बारेमा जानकारी गराउनु हुँदै स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसै गरी पूर्व

रक्तदान तथा नववर्ष २०७४ को शुभकामना आदान प्रदान

Image
आज मिति २०७३ चैत्र २६ गते सिरु बौद्धिक समाज, सूर्यविनायक न.पा. वडा नं.१, सिरुटार, भक्तपुरको आयोजनामा संचालित रक्तदान तथा नववर्ष २०७४ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका वरिष्ठ न्यूरोसर्जन प्राध्यापक डाक्टर श्री प्रकाश विष्टज्यूको प्रमुख आतिथ्य सिरु बौद्धिक समाजका अध्यक्ष श्री ध्रुवराज विष्टको सभापतित्वमा स्थानीय सिरुटार स्वास्थ्यचौकी, सिरुटारमा आयोजित नववर्ष २०७४ शुभकामना आदान कार्यक्रममा प्राध्यापक भोला पोखरेल, नागरिक वडा मञ्चकी संयोजक विमला बस्नेत, महानगरीय प्रहरी प्रभाग सिरुटारका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्का लगायत स्थानीय राजनैतिक, सामाजिक व्यक्तित्व एवं सामाजिक सस्थाका पदाधिकारी, समाजका सल्लाहकार, आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नुभएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य नातिबाबु बुढाथोकीले समाजको गतिविधिबारे प्रकाश पार्नु हुँदै स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा तत्कालीन सिरुटार गाविसका पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार शशीजंग

उत्कृष्ट विद्यार्थी सम्मान २०७४ (माध्यमिक शिक्षा परिक्षा २०७३)

Image
सिरु बौद्धिक समाज, सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार, भक्तपुरले उक्त वडाको तत्कालिन सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्र्तीण भएका भाइबहिनीहरूलाई सम्मान ग¥यो । व्यवस्थापिका संसदका सांसद माननीय श्री केदारप्रसाद संजेलज्यूको प्रमुख आतिथ्य तथा विशेष अतिथिको रुपमा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतको उपस्थितिमा स्थानीय क्याण्डिड ईन्टरनेशनल एकेडेमीको सभाहलमा आयोजित माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण सम्मान कार्यक्रममा स्थानीय २१ जना भाइबहिनीहरुलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र,Siru Intellectual Award- 2074 र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ३.८५ जि.पि.ए. ल्याउने मेरीगोल्ड इङ्लिस सेकेण्डरी स्कूल, बालकोटकी छात्रा सृष्टी श्रेष्ठ “सिरुटार उत्कृष्ट विद्यार्थी” घोषित भइन भने ३.८० जि.पि.ए. ल्याउने द्वय क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्रेजिका श्रेष्ठ र माउन्टभ्यू सेकेण्डरी स्कूल, बालकोटका विकेश श्रेष्ठ उत्कृष्ट विद्यार्थी घोषित भएका थिए । समाजका अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न क