नवनिर्वाचित जनप्रतिनिधीलार्इ बधार्इ तथा शुभकामना

आज मिति २०७४ असार १० गते सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरको आयोजनामा स्थानीयतह २०७४ को निर्वाचनमा सूर्यविनायक न.पा.वडा नं.१ मा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो । सूर्यविनायक न.पा.वडा नं.१ को जनप्रतिनिधीको रुपमा नवनिर्वाचित हुनु भएका वडा अध्यक्ष सानुकाजी कायस्थ, महिला सदस्य श्रीमती अम्बिका न्यौपाने, दलित महिला सदस्य श्रीमती कल्पना नेपाली, वडा सदस्यद्वय श्री बाबुकाजी श्रेष्ठ, श्री प्रदीप कार्की रहेका छन् । उक्त समाजका अध्यक्ष श्री ध्रुवराज विष्टको सभापतित्वमा स्थानीय सिरुटार इङ्लिस सेकेण्डरी स्कूलमा सम्पन्न उक्त बधाई तथा शुभकामना कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय विद्यालयहरुका प्रमुख, स्थानीय सामाजिक संस्थाका पदाधिकारीहरु समाजका सल्लाहकारहरु तथा स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा सदस्य श्री नातिबाबु बुढाथोकीले समाज गतिविधीको बारेमा जानकारी गराउनु हुँदै स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसै गरी पूर्व गाविस अध्यक्ष एवं समाजका सल्लाहकार श्री शशिजंग थापा अतिथिको रुपमा पाल्नु भएका नेपाली सेनाका पूर्व उपरथी श्री पदमबिलास कार्कीले शुभकामना, बधाई दिनुका साथै धेरै समयदेखि रिक्त रहेको स्थानीयतहमा यहाँहरु निर्वाचित भएर आउनु भएको छ । जनताको चाहना र भावना बुझेर स्थानीय विकास र निर्माणमा यहाँहरुको भूमिका उल्लेखनीय रहनु पर्ने आशय व्यक्त गर्नु हुँदै नयाँ चुनौती र समस्याहरुलाई पहिचान गर्दै समाधान गर्दै लैजान सल्लाह समेत दिनु भएको थियो । समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार श्री लक्ष्मणराज बिष्टले टिका र माला लगाई दिनुका साथै समाजका अध्यक्ष श्री ध्रुवराज बिष्टले बधाई तथा शुभकामना मन्तव्य राख्नु हुँदै जनप्रतिधीहरुलाई सम्मान—पत्र, टोपी तथा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सम्मानित पदाधिकारीको तर्पmबाट वडा अध्यक्ष सानुकाजी कायस्थले वडाको समस्यालाई बुझेर स्थानीय समस्या तल्लोतहसम्म पुगेर काम गर्ने बताउनु हुँदै स्थानीय सामाजिक संस्था लगायत स्थानीय राजनैतिक प्रतिनिधी, बौद्धिक व्यक्तित्व एवं स्थानीय व्यक्तित्वहरुको रायसल्लाह लिएर समाजको समस्या पहिचान गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै स्थानीय स्तरमा टड्कारो रुपमा समस्याको रुपमा रहेको खानेपानी तथा सिंचाईको लागि विशेष पहल गर्नुका साथै सरसफाईको लागि समेत व्यवस्थित गर्ने प्रतिवद्धता जनाउनु हुँदै आपूmलाई जिताउनु हुने सम्पूर्ण वडावासीलाई धन्यवाद समेत व्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न