रक्तदान तथा नववर्ष २०७४ को शुभकामना आदान प्रदान

आज मिति २०७३ चैत्र २६ गते सिरु बौद्धिक समाज, सूर्यविनायक न.पा. वडा नं.१, सिरुटार, भक्तपुरको आयोजनामा संचालित रक्तदान तथा नववर्ष २०७४ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका वरिष्ठ न्यूरोसर्जन प्राध्यापक डाक्टर श्री प्रकाश विष्टज्यूको प्रमुख आतिथ्य सिरु बौद्धिक समाजका अध्यक्ष श्री ध्रुवराज विष्टको सभापतित्वमा स्थानीय सिरुटार स्वास्थ्यचौकी, सिरुटारमा आयोजित नववर्ष २०७४ शुभकामना आदान कार्यक्रममा प्राध्यापक भोला पोखरेल, नागरिक वडा मञ्चकी संयोजक विमला बस्नेत, महानगरीय प्रहरी प्रभाग सिरुटारका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्का लगायत स्थानीय राजनैतिक, सामाजिक व्यक्तित्व एवं सामाजिक सस्थाका पदाधिकारी, समाजका सल्लाहकार, आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नुभएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य नातिबाबु बुढाथोकीले समाजको गतिविधिबारे प्रकाश पार्नु हुँदै स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा तत्कालीन सिरुटार गाविसका पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार शशीजंग थापा, स्थानीय चमेली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनार्दन न्यौपाने, चरखण्डी तीर्थस्थल क्षेत्रविकास संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापालगायत स्थानीय समाजसेवी तथा राजनैतिक व्यक्तित्वहरुबाट शुभकामना आदान प्रदान भएको थियो । प्राध्यापक डाक्टर विष्टले स्थानीय सामाजिक सस्था तथा व्यक्तिहरुको सक्रियतामा रक्तदान जस्तो पवित्र कार्य संचालन गर्नुका साथै स्थानीय क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा सामाजिक कार्यमा सक्रिय रहेको सिरु बौद्धिक समाजको कार्यप्रति सराहना गर्नु हुँदै रक्तदान कार्यमा संलग्न सबै युवाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । समाजका उपाध्यक्ष रमण कायस्थको संयोजकत्वमा संचालित रक्तदान कार्यक्रममा रक्तदाता समाजका सचिव सनोदकुमार थापा, कार्यकारी सदस्य रविन्द्रकुमार थापा, रोशन थापा, श्रीकृष्ण थापा, विनय थापा, उज्वल थापा, शेखर थापा, अमिर थापा, अनिल थापा, विवेक थापा, मिलन थापा, सुदिप थापा, पुजा थापा, सरस्वती थापा लगायत मिलन कायस्थ, श्याम कायस्थ, कान्छा कायस्थ, रोशन राउत, जेनी श्रेष्ठ, सन्तोषकुमार भुर्तेल, मन्दिरा केसी, संगिता राजथला, सविन कार्की, सुरेश श्रेष्ठ तथा सुकदेव राउत सहितका २५ जना रक्तदातालाई प्रमुख अतिथि प्रा.डा. विष्टले सम्मान पत्रले सम्मानु गर्नुका साथै अस्मिता मैनाली र निरमा विष्टलाई सिरु बौद्धिक समाजको आजीवन सदस्यता प्रदान गर्नु भएको थियो । अन्तमा कार्यक्रम संचालन गर्न स्थान उपलव्ध गराई दिने सिरुटार स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी भक्तपुर, स्थानीय नेपाल रेडक्रस सोसाइटी सिरुटार इकाई लगायत रक्तदान कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनु हुने सामाजिक संस्था एवं व्यक्तित्व लगायत रक्तदाताहरुलाई समेत धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न