Posts

Showing posts from August, 2014

मेडियामा एस एल सी सम्मान खवर

Image

उत्कृष्ट विद्यार्थी सम्मानित

Image
सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०७० सालको एसएलसी परीक्षामा उत्र्तीण भएका भाइबहिनीहरूलाई २०७१ साल भाद्र १ गते श्रीकृष्णाष्टमीको अवसर पारेर एक विशेष कार्यक्रमका बीच सम्मान आयोजना ग¥यो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्री शान्त बहादुर श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनको सभाहलमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ४५ जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । उक्त सम्मान कार्यक्रममा ८८.३८ प्रतिशत अंक ल्याउने चरखण्डी विद्यामन्दिरका छात्र प्रशान थापा सिरुटार गाविसको सर्वोकृष्ट विद्यार्थी घोषित भए भने ८६.०० प्रतिशत अंक ल्याउने क्याण्डिड इन्टरनेशनल एकेडेमीका छात्र विवेक केसी र ८५.५० प्रतिशत अंक ल्याउने छात्र सुशान अधिकारी क्रमशः द्वितीय र तृतीय भएका थिए । त्यसैगरी ८४.२५ प्रतिशत अंक हासिल गर्ने क्याण्डिड इन्टरनेशनल एकेडेमीकी प्रतीक्षा कायस्थ छात्रातर्पmको उत्कृष्ट र ८१.२५ प्रतिशत अंक हासिल गर्ने अर