उत्कृष्ट विद्यार्थी सम्मानित

सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०७० सालको एसएलसी परीक्षामा उत्र्तीण भएका भाइबहिनीहरूलाई २०७१ साल भाद्र १ गते श्रीकृष्णाष्टमीको अवसर पारेर एक विशेष कार्यक्रमका बीच सम्मान आयोजना ग¥यो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्री शान्त बहादुर श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनको सभाहलमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ४५ जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । उक्त सम्मान कार्यक्रममा ८८.३८ प्रतिशत अंक ल्याउने चरखण्डी विद्यामन्दिरका छात्र प्रशान थापा सिरुटार गाविसको सर्वोकृष्ट विद्यार्थी घोषित भए भने ८६.०० प्रतिशत अंक ल्याउने क्याण्डिड इन्टरनेशनल एकेडेमीका छात्र विवेक केसी र ८५.५० प्रतिशत अंक ल्याउने छात्र सुशान अधिकारी क्रमशः द्वितीय र तृतीय भएका थिए । त्यसैगरी ८४.२५ प्रतिशत अंक हासिल गर्ने क्याण्डिड इन्टरनेशनल एकेडेमीकी प्रतीक्षा कायस्थ छात्रातर्पmको उत्कृष्ट र ८१.२५ प्रतिशत अंक हासिल गर्ने अरनिको उच्च मा.वि.का छात्र श्रीकृष्ण थापा सामुदायिक विद्यालयतर्पmको उत्कृष्ट विद्यार्थी घोषित भएका थिए । उक्त सम्मान कार्यक्रममा १४ जनाले विशिष्ट श्रेणी, २९ जनाले प्रथम श्रेणी र २ जनाले दोस्रो श्रेणीमा उत्तीर्ण हुने भाइवहिनीहरु सम्मानीत भएका थिए । समाजका सचिव सनोदकुमार थापा द्वारा संचलित उक्त सम्मान कार्यक्रममा समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा संचालित भएको थियो । समाजका उपाध्यक्ष ध्रुवराज विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजको गतिविधि बारे प्रकाश पार्नु भएको थियो । । स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५२ सालमा शिक्षा, स्थास्थ्य एवं अन्य सामाजिक कार्यको क्षेत्रमा भूमिका निभाउने उद्देश्यले स्थापित यस समाजिक संस्थाले २०५४ सालदेखि एसएलसी उत्तीर्ण भाइबहिनीहरूलाई सम्मान गर्दै आएको जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उत्कृष्ट छात्राछात्राहरु प्रशान थापा, प्रतीक्षा कायस्थ र श्रीकृष्ण थापाहरुले एसएलसी उत्तीर्ण गरेर खुसी हुने कुरो त छँदैछ, त्यो भन्दा पनि अझ बढी गहन भएर शिक्षा आर्जन गर्न लागि पर्नुका साथै मुलुक र समाजप्रति जिम्मेवारी र दायित्व बढेको जनाउँदै त्यसका लागि हामी मरिमेटेर अगाडि बढ्नु छ भन्दै सबै साथीहरुलाई आफ्ना दायित्व प्रति सजक हुन सुझाव दिएका थिए । विद्यालयहरूको प्रतिनिधित्व गर्दै निजी विद्यालय, चरखण्डी विद्यामन्दिर मा.वि., गठ्ठाघरका प्रिन्सिपल शिवराज न्यौपाने र सामुदायिक विद्यालय, अरनिको उच्च मा.वि.का प्राचार्य प्रेमबहादुर खड्काले एसएलसी मात्र ठूलो कुरो हैन अझ तपाईहरू अध्ययन गर्नुपर्ने क्षेत्र धेरै छन् र अध्ययनको लागि विदेशिनु राम्रो पनि हैन, भन्दै हाम्रै मुलुकमा विदेशी विद्यार्थी ल्याउने वातावरण सिर्जना गर्नु पर्ने कुरामा जोड दिँदै अरुलाई जित्छु हैन आपूmले आपैmलाई जित्छु अर्थात अहिलेको भन्दा अझ राम्रो नतिजा हासिल गर्ने प्रतिवद्ध रहन सुझाव दिँदै विद्यार्थी भाइबहिनीहरूलाई बधाई ज्ञापन गरेका थिए । स्थानीय प्राज्ञिक समाज दधिकोटका अध्यक्ष कृष्णमुरारी न्यौपाने र समाजका सल्लाहकारको तर्पmबाट सिरुटार गाविसका पूर्वअध्यक्ष शशीजंग थापाले एस एल सी उत्तीर्ण भाइबहिनीहरुलाई स्वदेशकै लागि उपयोगी हुने शिक्षा अध्ययनको लागि सुझाव दिनुका साथै बौद्धिक समाजलाई आगामी दिनमा अझ उत्कृष्ट र प्रभावकारी कार्यहरु गर्न सुझाउनु भएको थियो । प्रमुख अतिथि नेपाल सरकारका सचिव श्री शान्त बहादुर श्रेष्ठले सम्मानीत भाइबहिनीहरूलाई बधाई सन्देश दिँदै मुलुककै लागि बहुउपयोगी हुने शिक्षा अध्ययन गरी मुलुककैलागि केही गर्न सक्ने नागरिक बन्न सुझाव दिनु भएको थियो । अन्तमा सभापतित्व गरिरहनु भएका समाजका अध्यक्ष डा.देवनारायण कार्कीले सिरुटारबासी एसएलसी उत्र्तीण भाइबहिनीहरूलाई सम्मान गर्न समय दिनु भएको हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै मायाको चिनो प्रदान गर्नु भई सभा विसर्जन गरेको थिए ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न