Posts

Showing posts from 2012

SIRU INTELLECTUAL SOCIEY, SIRUTAR, BHAKTAPUR

एस.एल.सी. उत्तीर्ण विद्यार्थी सम्मानित

सिरुटार गाविस भित्र स्थायी बसोवास गरी २०६८ सालको एस.एल.सी.परीक्षामा उत्र्तीण हुने विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आज मिति २०६९ श्रावण २५ गते विहीवार, श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सिरु बौद्धिक समाज, सिरुटारले स्थानीय सिरूटार गाविस भवनको सभाहलमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीको प्रमुख अतिथ्य तथा समाजका अध्यक्ष डा. देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा ९०.१५ प्रतिशत अंक ल्याएका स्थानीय जनचेतना इङ्लिस स्कुलका सुरज राउत सिरुटार गाविसका सर्वोकृष्ट विद्यार्थी घोषित भएका थिए । त्यस्तै ८९.६३ प्रतिशत अंक ल्याएकी माउन्टभ्यू इङ्लिस स्कुलकी संझना खत्री द्वितीय र ८८.६३ प्रतिशत अंक ल्याएकी सोही स्कूलकी प्रतिक्षा राउत तृतीय घोषित भए । सो कार्यक्रममा सहभागि भएका ३० जना छात्रछात्रालाई प्रमुख अतिथिका रुपमा उपस्थित प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्रबहादुर भण्डारीले पुरस्कार र सम्मानपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुदै प्रमुख जिल्ला अधिकारी भण्डारीले विद्यार्थीहरुमा कागजी ज्ञान भन्द

सिरु बौद्धिक तेह्रौं साधारणसभा सम्पन्न

Image
सिरु बौद्धिक समाज, सिरुटार भक्तपुरको १३ औं साधारणसभा २०६८ चैत्र २५ गते शनिवार भक्तपुर जिल्लाको रमणीयस्थल सल्लाघारी स्थित च्वङ्गगणेशमन्दिर परिसरमा समाजका अध्यक्ष श्री लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न भयो । २०५२ सालमा भक्तपुर जिल्लाको सिरुटार गाविस भित्रका स्नातक पास गरेका समूहले गठन गरेको सामाजिक संस्था हो । उक्त साधारणसभाले गतवर्षको कार्य प्रगति विवरण र आयव्ययको विवरण सचिव सनोदकुमार थापाले प्रस्तुत गर्नुभएको थियो । उक्त सभाले समाजले भावी कार्यक्रम र योजना समेत साधारणसभामा पेश गरेको थियो । उक्त साधारणसभाले डा.देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको थियो । उपाध्यक्षद्वय रमण कायस्थ, ध्रुवराज विष्ट, सचिवमा सनोदकुमार थापा, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सह—सचिवमा राजेशमान के.सी. र सदस्यहरुमा राजकुमार श्रेष्ठ, सुश्री भगवती थापा, गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रवीन्द्रकुमार थापा, रामकृष्ण कार्की र एक जना सदस्य कार्य समितिको बैठकबाट मनोनयन गर्ने गरी सम्पन्न भयो । उक्त साधारणसभामा पूर्वअध्यक्ष तथा सल्लाहकार मुकुन्द पोखरेल र अष्ट बहादुर श्रेष्ठ, गाव