एस.एल.सी. उत्तीर्ण विद्यार्थी सम्मानित

सिरुटार गाविस भित्र स्थायी बसोवास गरी २०६८ सालको एस.एल.सी.परीक्षामा उत्र्तीण हुने विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आज मिति २०६९ श्रावण २५ गते विहीवार, श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सिरु बौद्धिक समाज, सिरुटारले स्थानीय सिरूटार गाविस भवनको सभाहलमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीको प्रमुख अतिथ्य तथा समाजका अध्यक्ष डा. देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा ९०.१५ प्रतिशत अंक ल्याएका स्थानीय जनचेतना इङ्लिस स्कुलका सुरज राउत सिरुटार गाविसका सर्वोकृष्ट विद्यार्थी घोषित भएका थिए । त्यस्तै ८९.६३ प्रतिशत अंक ल्याएकी माउन्टभ्यू इङ्लिस स्कुलकी संझना खत्री द्वितीय र ८८.६३ प्रतिशत अंक ल्याएकी सोही स्कूलकी प्रतिक्षा राउत तृतीय घोषित भए । सो कार्यक्रममा सहभागि भएका ३० जना छात्रछात्रालाई प्रमुख अतिथिका रुपमा उपस्थित प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्रबहादुर भण्डारीले पुरस्कार र सम्मानपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुदै प्रमुख जिल्ला अधिकारी भण्डारीले विद्यार्थीहरुमा कागजी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञानको महत्व भएको हुँदा व्यवहारिक ज्ञान, अनुशासन नै अहिलेको युवावर्गको लागि महत्वपूर्ण विषय भन्दै समाजमा युवावर्गमा देखिएको विकृति, विसंगतीबाट बच्दै समाजमा सचेत र शिक्षित वर्गको रुपमा आपूmलाई विकास गर्न प्रेरणा प्रदान गर्दै शिक्षाका अझ माथिका खुट्किलाको लक्ष्य लिएर अगाडी बढ्न शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले निजी र सार्वजनिक विद्यालयहरु बीचको नतिजाको अन्तर फराकिलो भएकोमा समाजका सचेत वर्गले त्यसलाई सुधार्न भूमिका खेल्नु पर्ने आवश्यकता औल्याउँदै निजी विद्यालयबाट कागजी ज्ञान भएका विद्यार्थी उत्पादन गरिरहेको दुखेसो प्रकट गर्नु हुँदै सार्वजनिक विद्यालयका विद्यार्थीहरु कागजी ज्ञानमा पछाडि परेपनि अनुशासित, व्यवहारिक र सामाजिक ज्ञान बढी हासिल गरिरहेको अवस्था रहेको औल्याउनु भयो । स्थानीय समाजसेवी, अभिभावक, स्थानीय विद्यालयहरु, सामाजिक संस्थाका प्रतिनिधिको उपस्थित रहेको उक्त समारोहमा बालकोट बौद्धिक समाजका अध्यक्ष ध्रुबबहादुर ठकुरी, सिरुटार गाविसका पूर्व अध्यक्ष शशीजंग थापाले एस.एल.सी.उत्र्तीर्ण भाइबहिनीहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो भने सिरुटार सर्वोकृष्ट विद्यार्थी भाइ सुरज राउतले आप्mना अनुभव सुनाउँदै कागजी ज्ञान भन्दा जीवनमा व्यवहारिक ज्ञानको आवश्यक रहेको औल्याउँदै एस.एल.सी.उत्र्तीण साथीहरुलाई अवको आवश्यकता भनेको समयानुकूल आधुनिक र व्यवहारिक शिक्षा आर्जन गर्न प्रोत्साहन समेत गरेका थिए । प्रमुख अतिथिले दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको उक्त कार्यक्रम समाजका सचिव सनोदकुमार थापाबाट संचालन गरिएको थियो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष श्री ध्रुवराज विष्ट र अर्का उपाध्यक्ष रमन कायष्थबाट समाजको गतिविधिबारे प्रकाश पर्नु भएको थियो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीबाट समापन मन्तव्यबाट कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न