Posts

Showing posts from April, 2013

समाजको १४ औं साधारणसभा सम्पन्न

Image
भक्तपुर जिल्ला सिरुटार गाविस स्थित स्नातकहरूको विशुद्ध सामाजिक संस्थाको रुपमा २०५२ सालमा स्थापित सिरु बौद्धिक समाजले आप्mनो १४ औं साधारण सभा भक्तपुर जिल्लाको सिपाडोल स्थित पवित्र धार्मिकस्थल केदारेश्वरको शीरको रुपमा प्रख्यात डोलेश्वर महादेशस्थल परिसरमा सम्पन्न भयो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा आयोजित १४ औं साधारणसभामा समाजकै जेष्ठ सदस्य पिङ्गलराज वर्माको प्रमुख आतिथ्यमा समाजका सल्लाहकार डा.बालचन्द्र मिश्र, अष्टबहादुर श्रेष्ठ तथा पूर्व गाविस अध्यक्ष शशीजंग थापा लगायत समाजका आजीवन सदस्य एवं साधारण सदस्यहरुको समुपस्थितिमा सम्पन्न भएको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष धु्रवराज विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो । सहसचिव राजेशमान केसीले समाजको वार्षिक कार्य प्रगति विवरण र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सिरुटार गाविसका पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार शशीजंग थापाले गाउँ, समाज र मुलुककै लागि सरकारी निकायले मात्र कार्य ग