समाजको १४ औं साधारणसभा सम्पन्न

भक्तपुर जिल्ला सिरुटार गाविस स्थित स्नातकहरूको विशुद्ध सामाजिक संस्थाको रुपमा २०५२ सालमा स्थापित सिरु बौद्धिक समाजले आप्mनो १४ औं साधारण सभा भक्तपुर जिल्लाको सिपाडोल स्थित पवित्र धार्मिकस्थल केदारेश्वरको शीरको रुपमा प्रख्यात डोलेश्वर महादेशस्थल परिसरमा सम्पन्न भयो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा आयोजित १४ औं साधारणसभामा समाजकै जेष्ठ सदस्य पिङ्गलराज वर्माको प्रमुख आतिथ्यमा समाजका सल्लाहकार डा.बालचन्द्र मिश्र, अष्टबहादुर श्रेष्ठ तथा पूर्व गाविस अध्यक्ष शशीजंग थापा लगायत समाजका आजीवन सदस्य एवं साधारण सदस्यहरुको समुपस्थितिमा सम्पन्न भएको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष धु्रवराज विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो । सहसचिव राजेशमान केसीले समाजको वार्षिक कार्य प्रगति विवरण र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सिरुटार गाविसका पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार शशीजंग थापाले गाउँ, समाज र मुलुककै लागि सरकारी निकायले मात्र कार्य गर्न सक्षम नहुने हुँदै समाज परिचित सामाजिक संस्थाहरु त्यसमा पनि बौद्धिक वर्गको ज्ञान, दक्षता र सीपलाई सदुपयोग गर्न समाजको महत्व रहेको प्रस्तुत गर्नु भएको थियो भने डा.बालचन्द्र मिश्रले समाजका गतिविधि र आगामी दिनहरुमा यसलाई अझ सक्रिय बनाउन एवं यसका कार्यक्षेत्र अझ बिस्तार गर्न आजको आवश्यकता रहेको सुझाव दिनु हुँदै स्वास्थ्य, सामाजिक, शैक्षिक क्षेत्रमा समाजले पु¥याएको योगदानको लागि धन्यवाद दिनु भएको थियो । समाजले दुई वर्षको अन्तरालमा प्रकाशन गर्ने स्मारिकाबाट उठेको विज्ञापन वापतको रकम नै समाजको प्रमुख आर्थिक स्रोत भएको हुँदा त्यसबाट उठेका रकमबाट स्थानीय स्तरमा विभिन्न विद्यालयको स्तरअभिवृद्ध, भौतिक पूर्वाधार निर्माण, अतिरिक्त शिक्षक व्यवस्था एवं स्वास्थ्य चौकीका भौतिक पूर्वाधार निर्माण, डाक्टर विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षणको सुविधा उपलव्ध गराउने जस्ता कार्यहरु संचालन गर्दै आएको संस्थाले अझ बढी कार्य गर्नु र कार्यक्षेत्र फराकिलो पार्दै गएको समाजका सचिव सनोदकुमार थापाले जनाउनु भएको थियो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीले स्थानीयस्तरबाट प्राप्त सहयोग, सुझाव र सल्लाह अनुसार नै बौद्धिक समाजले कार्य गर्दै गरेको र आगामी दिनहरुमा पनि अझ बढी सक्रिय र क्रियाशिल भई सामाजिक क्षेत्रमा क्रियाशिल रहने प्रतिवद्धता जनाउनु भएको थियो । एकसय १०जना भन्दा बढी सक्रिय सदस्य रहेको बौद्धिक समाजले स्थानीय गाउँ समाजको विकास निर्माण, सामाजिक, स्वास्थ्य, शिक्षा क्षेत्र, महिला तथा बालबालिकाको सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय रही समाज विकासको क्षेत्रमा पनि सक्रिय रहनु पर्ने सुझाव समाजका संस्थापक कोषाध्यक्ष तथा जेष्ठ सदस्य, साधारण सभाका प्रमुख अतिथि पिङ्गलराज वर्माले दिनु भएको थियो । अन्त्यमा नववर्ष २०७० को शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न