सोह्रौं साधारणसभा सम्पन्न र नयाँ कार्य समिति चयन
तत्कालीन सिरुटार गाउँ विकास समितिमा २०५२ सालमा २८ जना स्नातकहरूबाट एउटा विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित यस सिरु बौद्धिक समाज २०५४ श्रावण १ गते जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा दर्ता भई समाज सेवामा समर्पित यस सिरु बौद्धिक समाज मिति २०६३।६।२६ गते समाज कल्याण परिषद दर्ता भई कर्य गर्दै आएको यस बिशुद्ध सामाजिक संस्थाले विभिन्न सामाजिक कार्य गर्नुका साथै स्मारिका प्रकाशनबाट उठेको रकम शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ । ११५ जना सदस्य रहेको यस सस्थाको मिति २०७३ भाद्र २५ गते स्थानीय सिरुटार माध्यामिक विद्यालय सभाहलमा १६ औं साधारण सभा सम्पन्न भयो । साहित्यकार एवं समाजका पूर्व अध्यक्ष मुकुन्द प्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यमा अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न साधारणसभामा समाजका सचिव सनोदकुमार थापाबाट वार्षिक प्रतिवेदन तथा आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । समाजका सदस्य श्री नातिबाबु बुढाथोकीले स्वागत तथा समाजको गतिविधीबारे प्रकाश पर्नु भएको उक्त सा