उत्कृष्ट विद्यार्थी सम्मानित(२०७२ सालको एसएलसी परीक्षामा उत्र्तीण)

यस सिरु बौद्धिक समाज, अनन्तलिंगेश्वर नगरपालिका, सिरुटार, भक्तपुरले तत्कालीन सिरुटार गाविस (हाल अनन्तलिंगेश्र नगरपालिका वडा नं.६,७ र ८ ) भित्र स्थायी बसोबास गरी २०७२ सालको एसएलसी परीक्षामा उत्र्तीण भाइबहिनीहरूलाई आज २०७३ भाद्र ९ गते श्रीकृष्णाष्टमीको पावन अवसर पारेर एक विशेष कार्यक्रमका साथ सम्मान कार्यक्रम सम्पन्न ग¥यो । नेपाली सेनाका पूर्व उपरथी श्री पदम विलास कार्कीज्यूको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार माध्यामिक विद्यालयको सभाहलमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ३३ जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो प्रदान गर्नुका साथै सिरुटार सर्वोकृष्ट विद्यार्थी स्थानीय सिरुटार इङ्लिस सेकेण्डरी स्कूलका छात्र दिपेश कायस्थ, जि.पि.ए. ३.९० लाई प्रमुख अतिथिज्यूबाट विशेष पुरस्कार प्रदान गरी सम्मान गरियो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय बालकोट बौद्धिक समाजका अध्यक्ष श्री कृष्णभक्त श्रेष्ठ, प्राज्ञिक समाज दधिकोटका सचिव एवं दधिकोट उच्च मा.वि.का शिक्षक जनक न्यौपाने, सिरुटार मा.वि.का प्रधानाध्यपक नारायण प्रसाद पोखरेल, चरखण्डी तीर्थस्थल क्षेत्र विकास संरक्षण स्रस्थाका अध्यक्ष श्री कृष्णबहादुर थापा, शिशु स्याहार प्रा.वि.की प्रधानाध्यापिका सुश्री भगवती थापा, नागरिक वडा मञ्च अनन्तलिंगेश्वर न.पा. वडा नं.६ संयोजक श्रीमती दिलमाया श्रेष्ठ, वडा नं.७ संयोजक श्रीमती हिरा श्रेष्ठ, वडा नं.८ संयोजक श्रीमती विमला बस्नेत, पूर्व सिरुटार गाविस उपाध्यक्ष श्री मदनबहादुर थापा, सिरु योग साधन केन्द्रकी संयोजक श्रीमती ललिता पोखरेल, चापाखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ समाजका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु श्री मुकुन्द प्रसाद पोखरेल, श्री लक्ष्मणराज विष्ट, श्री अष्टबहादुर श्रेष्ठ, समाजका पदाधिकारीहरु स्थानीय समाजसेवी, अभिभावकहरुको उपस्थिति रहेको थियो । समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य दिनु भएको थियो भने उपाध्यक्ष श्री ध्रुवराज विष्टले समाजको गतिविधी बारे प्रकाश पादै स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५२ सालमा स्थापित यस समाजिक संस्थाले २०५४ सालदेखि एसएलसी उत्तीर्ण भाइबहिनीहरूलाई सम्मान गर्दै आएको जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उत्कृष्ट छात्र दिपेश कायस्थले एसएलसी पास गरेर खुसी हुने कुरो त छँदैछ, त्यो भन्दा पनि अझ बढी गहन भएर शिक्षा आर्जन गर्न लागि पर्नुका साथै मुलुक र समाजप्रति जिम्मेवारी र दायित्व बढेको जनाउँदै सबै साथीहरुलाई आफ्ना दायित्व प्रति सजक गराउँदै समाजमा ठूलो मान्छे भन्दा असल नागरिकको रुपमा आपूmहरुलाई स्थापित गर्न जोड दिएका थिए । बालकोट बौद्धिक समाजका अध्यक्ष श्री कृष्णभक्त श्रेष्ठ, प्राज्ञिक समाज दधिकोटका सचिव एवं दधिकोट उच्च मा.वि.का शिक्षक जनक न्यौपाने, सिरुटार मा.वि.का प्रधानाध्यपक नारायण प्रसाद पोखरेल, नागरिक वडा मञ्च अनन्तलिंगेश्वर न.पा. वडा वडा नं.८ संयोजक श्रीमती विमला बस्नेत, सिरु योग साधन केन्द्रकी संयोजक श्रीमती ललिता पोखरेल,समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार श्री लक्ष्मणराज विष्ट, सिरुटार सर्वोकृष्ट दिपेश कायस्थ अध्ययनरत विद्यालय सिरुटार इङ्लिस सेकेण्डरी स्कूलका प्रिन्सिपल रमण कायस्थले विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि उपरथी श्री पदमविलास कार्कीज्यूले एसएलसी उत्तीर्ण भाइबहिनीहरुलाई शुभकामना दिनु हुँदै समाजमा उनीहरुको दयित्व अझ बढेको जानकारी गराउनु हुँदै समाजमा असल व्यक्तिको जतिको खाँचो छ त्यति नै मात्रा उच्चपदस्थ व्यक्तिको पनि त्यतिकै खाँचो रहेको जनाउनु हुँदै त्यो सबै भाइबहिनीहरुले लक्ष्य राख्नु पर्दछ । त्यो स्थानसम्म पुग्न पनि ठूलै संघर्षको खाँचो पर्ने जनाउनु हुँदै विद्यालयहरलाई नतिजामुखी शिक्षा भन्दा गुणात्मकमुखी शिक्षाको खाँचो रहेको बताउनु हुँदै विद्यार्थीको उत्कृष्ट नतिजाप्रति विद्यालय गौरवान्वित हुनु भन्दा उसका गुण, दक्षता, सीप, कलालाई समेत निखार्न उत्तिकै खाँचो रहेको बताउनु भएको थियो । अन्तमा सभापतित्व गरिरहनु भएका समाजका अध्यक्ष डा.देवनारायण कार्कीले एसएलसी उत्र्तीण भाइबहिनीहरूलाई सम्मान गर्न समय दिनु भएको हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै मायाको चिनो प्रदान गर्नु भई सभा विसर्जन गरेको थिए ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न