Posts

Showing posts from March, 2010

सिरु बौद्धिक समाज एक परिचय

सिरूटार गाविस भित्रका बौद्धिक समूहको परिचालनद्वारा गाउँ, समाज र राष्ट्रको विकास निर्माणको कार्यमा सहयोग पुर्‍याउने सामाजिक संस्था हो सिरू बौद्धिक समाज । गाविसभित्रका बौद्धिक जमातलाई एकत्रित गरी उनीहरूको शैक्षिक तथा बौद्धिक विकासमा सहयोगी भूमिका निर्वाह गर्नु यस संस्थाको मूल लक्ष्य र उद्देश्य हो । र्सवप्रथम २०५२ साल चैत्र ३ गते सिरूटारस्थित तत्कालीन ब्राइट फ्युचर इङ्गलिस स्कूलमा सिरूटार गाविस भित्रका शिक्षितवर्गको भेला गरियो । उक्त भेलामा बौद्धिक समाज गठन, यसका भावि उद्देश्यहरू जस्ता विविध विषयहरूमा छलफल गरियो । उक्त छलफलबाट यस क्षेत्रको सामााजिक विकासको लागि एक तटष्थ, गैर राजनैतिक तथा विशुद्ध सामाजिक संस्था गठन हुनु अत्यावश्यक भएको कुरामा र्सवसम्मत निर्णय भयो । जस अनुरूप सोही महिनाको १० गते बसेको बैठकले 'सिरू बौद्धिक समाज' नामक सामाजिक संस्था गठन गर्ने निर्णय गर्‍यो । जुन भेलाको उद्देश्य सिरूटार क्षेत्रका स्नातकहरूलाई शैक्षिक, बौद्धिक र सामाजिक क्षेत्रमा निरन्तर रूपमा संलग्न गर्राई सो को प्रतिफल सिरूटार र समग्र राष्ट्रले नै प्राप्त गर्न सकोस् भन्ने थियो । सिरु बौद्धिक समाज नाम

वर्तमान कार्यसमिति

Image