Posts

Showing posts from August, 2013

प्रवेशिका परीक्षाका उत्कृष्ट विद्यार्थी सम्मानित

सिरुटार गाविस भित्र स्थायी बसोवास गरी २०६९ सालको प्रवेशिका परीक्षा(एस.एल.सी.)मा उत्र्तीण हुने विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आज मिति २०७० भाद्र १२ गते बुधवार, श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सिरु बौद्धिक समाज, सिरुटारले सिरूटार गाविस भवनको सभाहलमा नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयका सचिव श्री दुर्गानिधी शर्माज्यूको प्रमुख अतिथ्य तथा समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा स्थानीय क्याण्डिड इन्टरनेशनल एकेडेमीमा अध्ययन गरी ८९ प्रतिशत अंक ल्याएकी सोना सुकुभट्टु सर्वोकृष्ट विद्यार्थी घोषित भइन् । त्यस्तै आदर्श जनप्रेमी उच्च मा.वि.मा अध्ययन गरी ८८.२५ प्रतिशत अंक ल्याएकी प्रजिना श्रेष्ठ द्वितीय र क्याण्डिड इन्टरनेशनल एकेडेमीमै अध्ययन गरी ८७.१३ प्रतिशत अंक ल्याएकी रुशा श्रेष्ठ तृतीय घोषित भइन् । सो कार्यक्रममा सहभागि भएका ५५ जना छात्रछात्रालाई प्रमुख अतिथि सामान्य प्रशासन सचिव श्री दुर्गानिधी शर्माज्यूबाट पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो । उक्त अवसरमा सामुदायिक विद्यालयको रुपमा सिरुटार गाविमा भित्र रही सत्प्रत