प्रवेशिका परीक्षाका उत्कृष्ट विद्यार्थी सम्मानित

सिरुटार गाविस भित्र स्थायी बसोवास गरी २०६९ सालको प्रवेशिका परीक्षा(एस.एल.सी.)मा उत्र्तीण हुने विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आज मिति २०७० भाद्र १२ गते बुधवार, श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सिरु बौद्धिक समाज, सिरुटारले सिरूटार गाविस भवनको सभाहलमा नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयका सचिव श्री दुर्गानिधी शर्माज्यूको प्रमुख अतिथ्य तथा समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा स्थानीय क्याण्डिड इन्टरनेशनल एकेडेमीमा अध्ययन गरी ८९ प्रतिशत अंक ल्याएकी सोना सुकुभट्टु सर्वोकृष्ट विद्यार्थी घोषित भइन् । त्यस्तै आदर्श जनप्रेमी उच्च मा.वि.मा अध्ययन गरी ८८.२५ प्रतिशत अंक ल्याएकी प्रजिना श्रेष्ठ द्वितीय र क्याण्डिड इन्टरनेशनल एकेडेमीमै अध्ययन गरी ८७.१३ प्रतिशत अंक ल्याएकी रुशा श्रेष्ठ तृतीय घोषित भइन् । सो कार्यक्रममा सहभागि भएका ५५ जना छात्रछात्रालाई प्रमुख अतिथि सामान्य प्रशासन सचिव श्री दुर्गानिधी शर्माज्यूबाट पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो । उक्त अवसरमा सामुदायिक विद्यालयको रुपमा सिरुटार गाविमा भित्र रही सत्प्रतिशत नतिजा हासिल गरी भक्तपुर जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहन सफल सिरुटार माध्यामिक विद्यालयका प्राध्यापक नारायणप्रसाद पोखरेललाई समाजको तर्पmबाट प्रमुख अतिथिबाट दोसल्ला ओढाउनुका साथै प्रमाण—पत्र प्रदान प्रदान गरी सम्मान गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रममा स्थानीय विद्यालयहरुका प्राध्यापकहरु, स्थानीय समाजसेवी, राजनैतिक व्यक्तित्वका साथै समाजका सल्लाहकारहरुको उपस्थिति रहेको थियो । समाजका कोषाध्यक्ष्य राजेन्द्रकुमार श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रममा समाजका उपाध्यक्ष एवं स्थानीय सिरुटार इङ्गलिस सेकेण्डरी प्राचार्य रमण कायस्थबाट स्वागत मन्तव्य र समाजकै अर्का उपाध्यक्ष ध्रुवराज विष्टबाट समाजको गतिविधि बारे प्रकाश पर्नु भएको थियो । उक्त समारोहमा स्थानीय बालकोट गाविसमा रहेर पनि सिरुटार गाविसको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको माउन्टभ्यू इङ्गलिस स्कूलमा प्रिन्सिपल राजकुमार महर्जनले भाइबहिनीहरुलाई आप्mनो शुभकामना मन्तव्य राख्नु हुँदै शिक्षा प्राप्त पछि विदेश पलायन भन्दा स्वदेशकै लागि केही गरौं भनी “नेपाल बिर्सेको छैन ।” भन्ने कार्यक्रमको थालनी गरी विदेशमा पुगेका विद्यार्थीहरुबाट पनि स्वदेशकौ शैक्षिक विकासका लागि उत्साह पैmलाउने कार्यक्रममा अगाडी बढाएको जनाकारी गराउनुका साथै भक्तपुर जिल्ला शैक्षिक क्षेत्रको उत्कृष्ट स्थानको रुपमा रहेको समेत ठोकुवा गर्नु भएको थियो । त्यस्तै यस वर्षको सिरुटार सर्वोत्कृष्ट विद्यार्थी उत्पादन गर्ने क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्राचार्य धर्मप्रसाद पौडेलले सिरुटारमा शैक्षिक विकासका लागि योगदान दिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसलाई अझ उत्कृष्ट ढंगबाट गर्दै जाने प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो । त्यसै गरी ज्यादै न्यून भौतिक सामग्री, मात्र २ जना मा.वि.शिक्षकको भरमा सामुदायिक विद्यालयको रुपमा संचालित सिरुटार मा.वि.ले विद्यार्थीहरुलाई पठन पाठन गर्नु पर्ने अवस्थाको वावजुदपनि सतप्रतिशत नतिजा ल्याउन सफलता मिलेकोमा खुसी व्यक्त गर्नु भएको थियो । त्यसैगरी सिरुटार गाविसका पूर्व गाविस अध्यक्ष शशीजंग थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै स्वदेशमै अध्ययन गरी मुलुक र समाजकै लागि केही गर्नु पर्ने सुझाव पेश गर्नु भएको थियो । सर्वोकृष्ट विद्यार्थीको रुपमा सम्मानीत छात्रा सोनाले सिरु बौद्धिक समाजले हामीहरुलाई सम्मान गरी अझ उच्चशिक्षाको खुट्किलाप्रति सजग गराउनुका साथै प्रेरणा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गरेकी थिइन । यस कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुदै प्रमुख अतिथि सचिव दुर्गानिकी शर्माले आज श्रीकृष्णाष्टमीको अवसरमा श्रीकृष्णका गुणगान व्यक्त गर्नु हुँदै आप्mनो ज्ञान, सीपलाई मुलुककै लागि लगाउन आग्रह गर्दै निजामती सेवामा संलग्न रही मुलुकको सेवा गर्दा न्यून वेतन पाएपनि निवृत्तभरणले बाँकी जीवनयापनको लागि अतिउपयोगी हुने यथार्थ जानकारी गराउनु हुँदै महिला तथा जनजातिहरुलाई सामान्य प्रशासन मन्त्रालयले लोकसेवा परीक्षामा सहभागी हुनेहरुलाई निःशुल्क प्रशिक्षण उपलव्ध गराउने जानकारी गराउनु भएको थियो । स्थानीय सिरुटार ई. स्कूलका स—साना नानीहरूबाट राष्ट्रियगान प्रस्तुतबाट शुभारम्भ भएको औपचारिक कार्यक्रम समाजका अध्यक्ष डा.कार्कीबाट प्रमुख अतिथि सचिव शर्मालाई मायाको चिनो प्रदान गर्नुका साथै समापन मन्तव्यबाट कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न