Posts

Showing posts from 2021

वरिष्ठ पत्रकार रिसालद्धारा ‘जीवन–यात्रा’ लोकार्पण

Image
भक्तपुर, २९ चैत : नेपाल सरकारको अवकास प्राप्त उप–सचिव एवं सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज बिष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले शनिवार यहाँ आयोजना गरेको पुस्तक लोकार्पण एवं नववर्ष २०७८ को शुभकामना आदान–प्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गर्नु भएको हो । पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयबस्तुले आफ्नो वालापन र जीवनको दुःख, सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालिन समयमा काँठको अबस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा आपूmले भोगेका यथार्थ अझ उजागर गर्दै कृतिको सफलता एवं कृतिबाट पाठ सिक्न र आफ्ना अनुभवहरुलाई कृतिको रुप प्रस्तुत गर्न अरुलाई पनि प्रेरणा मिल्ने उहाँको भनाइ थियो । पत्रकार रिसालले स्थानीय किसान आन्दोलन सहयात्रीहरु पदमबहादुर बुढाथोकी, लिलाबहादुर थापालगायतको योगदानबारे चर्चा गर्दै नयाँ जातका लेर्मा ५२ गहुँ, ताइचिन धान, सिँचाई र रसायनिक मलले काँठका किसानहरुको उब्जिनी बढ्न गई आर्थिक अवस्थामा सुधार ल्याएको

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

Image
सिरु बौद्धिक समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार अवकास प्राप्त उप–सचिव श्री लक्ष्मणराज बिष्टद्वारा लिखित पुस्तक “जीवन–यात्रा” लोकार्पण एवम् नववर्ष २०७८ को शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम वरिष्ठ पत्रकार एवम् समाजसेवी श्री भैरव रिसालको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय श्री शशीजंग थापाको विशेष आतिथ्यमा आज मिति २०७७।१२।२८ गते स्थानीय सुर्यविनायक नगरपालिका वडा नं.१ सोमलिङ्गेश्वर महादेवस्थान स्थित बुढाथोकी पार्टी प्यालेसमा सुसम्पन्न भयो ।  सिरु बौद्धिक समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष अधिवक्ता श्री ध्रुवराज विष्टको सभापतित्वमा आयोजना भएको थियो । उक्त कार्यक्रमा प्रधानमन्त्री सचिवालय सदस्य एवम् ने.क.पा.(एमाले) केन्द्रीय सदस्य श्री राजेन्द्र राजथला, श्री महालक्ष्मी नगरपालिका शिक्षा विभाग प्रमुख श्री चिरन्जीवि पौडेल, सूर्यविनायक नगरपालिका सहकारी प्रमुख श्री राजेन्द्रकुमार श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री सानुकाजी कायस्थ, सु.न.पा. कार्यपालिका सदस्य अम्बिका न्यौपाने, सिरुटार खानेपानी समितिका अध्यक्ष श्