वरिष्ठ पत्रकार रिसालद्धारा ‘जीवन–यात्रा’ लोकार्पण



भक्तपुर, २९ चैत : नेपाल सरकारको अवकास प्राप्त उप–सचिव एवं सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज बिष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ ।

सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले शनिवार यहाँ आयोजना गरेको पुस्तक लोकार्पण एवं नववर्ष २०७८ को शुभकामना आदान–प्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गर्नु भएको हो ।

पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयबस्तुले आफ्नो वालापन र जीवनको दुःख, सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालिन समयमा काँठको अबस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा आपूmले भोगेका यथार्थ अझ उजागर गर्दै कृतिको सफलता एवं कृतिबाट पाठ सिक्न र आफ्ना अनुभवहरुलाई कृतिको रुप प्रस्तुत गर्न अरुलाई पनि प्रेरणा मिल्ने उहाँको भनाइ थियो ।

पत्रकार रिसालले स्थानीय किसान आन्दोलन सहयात्रीहरु पदमबहादुर बुढाथोकी, लिलाबहादुर थापालगायतको योगदानबारे चर्चा गर्दै नयाँ जातका लेर्मा ५२ गहुँ, ताइचिन धान, सिँचाई र रसायनिक मलले काँठका किसानहरुको उब्जिनी बढ्न गई आर्थिक अवस्थामा सुधार ल्याएको त्यो बेला र कृषि योग्य जमिन बिक्री गरि नष्ट हुदै गएको अहिलेको अबस्थाप्र िचिन्ता व्यक्त गर्नुभयो ।


कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सभा सदस्य शशीजंग थापाले कृतिकारले ८० वर्ष अगाडिको समयमा काँठ क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था कस्तो थियो भन्ने चर्चा यस पुस्तक मार्फत उजागर गरेको बताउनु भयो । उहाँले विगतलाई नजिकबाट नियाल्न यो पुस्तक ज्यादै महत्व रहेको चर्चा गर्दै अरुलाई पनि आफ्ना अनुभवहरु समेट्दै कृतिहरु प्रकाशनमा यो पुस्तकले टेवा दिने भनाइ राख्नुभयो ।

कृतिकाबारेमा चर्चा गर्दै ८१ वर्षीय पुस्तकका लेखक विष्टले २०५८ चैत्रमा उपसचिव पदबाट अवकास प्राप्त गर्दाको समय, सेवाकालिन अनुभव, भोगाई र विभिन्न जिल्लाहरुमा कार्य गरेको, सामाजिक सेवा, योग शिक्षक भई कार्य गर्दाको अनुभव, ८० वर्ष अगाडिको काठमाडौं क्षेत्रलगायत काठ क्षेत्रको अबस्था, रहनसहन लगायत बिभिन्न विषय पुस्तकमा समेटिएको बताउनुभयो । यसअघि उहाँले सिरुटारका विष्ट परिवारको वंशावली तथा कुलदेवता पूजा नामक पुस्तक समेत प्रकाशन ल्याउनु भएको थियो ।


सूर्यविनायक न.पा.–१ का वडाध्यक्ष सानुकाजी कायस्थले गर्दै ८१ वर्षको उमेरमा पनि कृति लेखन र सामाजिक कार्यमा सक्रिय रहनु भएका विष्टबाट अरुले पनि सिक्नु पर्ने औल्याउनुभयो । सिरु बौद्धिक समाजका अध्यक्ष एवम् पुस्तकका प्रकाशन अधिवक्ता ध्रुवराज विष्टले प्रकाशकको तर्पmबाट पुस्तक प्रकाशनको अनुभव र कृतिकारको पुस्तक तयार पारेर समाजलाई पुस्तक मार्फत चित्रणगर्दाको अनुभवमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा समाजका सचिव सनोदकुमार थापा, प्रधानमन्त्रीका सचिवालय सदस्य एवम् ने.क.पा.(एमाले) केन्द्रीय सदस्य राजेन्द्र राजथला, महालक्ष्मी नगरपालिका शिक्षा विभाग प्रमुख चिरन्जीवि पौडेल, सूर्यविनायक नगरपालिका सहकारी प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, ग्रामीण आवास कम्पनीका पूर्व महाप्रबन्धक नातिबाबु बुढाथोकी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।


साभार:  https://radiohimalayan.com/archives/39001?fbclid=IwAR3l12A6Mn3Hq8A8zDjSsvq2F78DQFsgLtJizsZepfUr4CIYWiKC2kkGBF4

Comments

Popular posts from this blog

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति