Posts

Showing posts from June, 2019

सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क विमोचन

Image
सिरु बौद्धिक समाज, सूर्यविनायक नगरपालिका वडा नं. १, सिरुटार भक्तपुरले प्रकाशनमा ल्याएको सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतबाट विमोचन सम्पन्न भयो । सोमलिङ्गेश्वर महादेवस्थान, सिरुटारस्थित बुढाथोकी पार्टी प्यालेसमा आयोजित एक विशेष समारोह बीच पूर्व उद्योगमन्त्री एवं संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्य एवं समाजका सल्लाहकार एवं प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय शशीजंग थापाको विशेष आतिथ्यमा समाजका अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा आयोजित उक्त समारोहमा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, स्थानीय सिरुटार मा.वि.मा प्रधानाध्यापक नारायण प्रसाद पोखरेल, चरखण्डी तीर्थस्थल संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापा लगायत संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष सहित स्थानीय समाजसेवी, सामाजिक संस्थाहरुका प्रतिनिधी, राजनैतिक व्यक्तित्व, समाजका सदस्यहरुको उपस्थितिमा समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा कार्यसमिति सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु हुँदै संस्थाको गतिविध