Posts

Showing posts from 2009

शुभकामना तथा सम्मान कार्यक्रम

आज मिति २०६६ आश्विन ३१ गते, सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले "नेपाल छात्रा विद्यापदक" बाट सम्मानित छात्रा सृष्टि के.सीलाई सम्मान एवं शुभ-दिपावली २०६६ र नेपाल सम्बत ११३० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्‍यो । नेपाल अन्धा कल्याण संघका महासचिव समेत रहनु भएका दृष्टिविहीन उप-प्रध्यापक कुमार थापाको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष लक्ष्मणराज बिष्टको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अर्न्तर्गत वि.सं.२०६५ सालको प्रविणता प्रमाणपत्र तहमा सर्वोकृष्ट छात्रा भई "नेपाल छात्रा विद्यापदक"बाट सम्मानीत भएकी स्थानीय सिरुटार निवासी छात्रा सृष्टि के.सी.लाई भौतिक रुपमा दृष्टिविहीन भएता पनि ज्ञान र शैक्षिक क्षमताबाट आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै सिरुटार गाविस सहित मुलुककै गरिमा बढाउने कार्य गर्नु भएको भन्दै सिरु बौद्धिक समाजले सम्मान गरेको थियो । प्रमुख अतिथि उपप्रध्यापक थापाले सिरु बौद्धिक समाजको तर्फबाट सृष्टि केसीलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष लक्ष्मणराज विष्ट

विजया दशमीको शुभकामना

Image
विजया दशमी २०६६ को पावन अवसरमा सम्पूर्ण देशवासी तथा सामाजिक संस्थाहरुप्रति मुलुकमा शान्ति, समृद्ध ल्याउने कार्यमा लाग्न प्रेरणा मिलोस् भन्ने भावना देवीदुर्गाले उब्जाउन भन्ने कामना सहित शुभकामना सिरु बौद्धिक समाज सिरुटार, भक्तपुर।

चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलद्वारा एसएलसी उत्तीर्ण विद्यार्थी सम्मानीत

सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०६५ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका भाइबहिनीहरूलाई सम्मान गर्यो । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ५० जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ८८.३८ प्रतिशत ल्याउने संजीव राजथला सिरुटार गाविसका उत्कृष्ट विद्यार्थी घोषित भए भने ८६.६३ प्रतिशत ल्याउने अलिशा मिश्र छात्रातर्फको उत्कृष्ट विद्यार्थी घोषित भएकी थिइन । ८६ प्रतिशत ल्याउने सल्मा राउत सहित ६ जनाले विशिष्ट श्रेणी, ३९ जनाले प्रथम श्रेणी र ५ जनाले दोस्रो श्रेणी प्राप्त उत्तीर्ण भएका थिए । समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिरुटार इङ्गलिस स्कूलका स-साना नानीहरूबाट राष्ट्रिय गानबाट शुभारम्भ भएको थियो । समाजका सल्लाहकार विष्णुकाजी थापाले समाजको साधारण परिचय र स्वागत मन्तव्य दिएका थिए । स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५

सिरु बौद्घिक समाजको वर्तमान कार्य समिति

अध्यक्ष - लक्ष्मणराज बिष्ट उपाध्यक्ष - देवनारायण कार्की ,, - राजकुमार श्रेष्ठ सचिव - सनोदकुमार थापा कोषाध्यक्ष - ई.प्रकाश राउत सह-सचिव - रमण कायस्थ सदस्य - कृष्णप्रसाद पोखरेल ,, - सुश्री भगवती थापा ,, - मोहनबावु कार्की ,, - सुश्री प्रमिला कायस्थ ,, - सीताराम थापा र ,, - इ.भिमसेन श्रेष्ठ

सदस्यहरुको नामावली

श्री केशव प्रसाद मिश्र श्री विष्णुकाजी थापा श्री बाबुशरण श्रेष्ठ श्री गीताप्रसाद पोखरेल श्री बालकृष्ण श्रेष्ठ श्री कृष्णगोपाल जोशी श्री मुकुन्दप्रसाद पोखरेल डा. श्री बालचन्द्र मिश्र श्री लक्ष्मणराज विष्ट श्री सीताराम थापा श्री भगतकुमार थापा श्री पिङ्गलराज बर्मा श्री कृष्णप्रसाद पोखरेल श्री मोहनबाबु कार्की श्री हरिबहादुर बुढाथोकी श्री श्रीधरप्रसाद पोखरेल श्री अञ्जनकुमार मिश्र श्री अच्यूत मिश्र श्री गोपालप्रसाद पोखरेल श्री सूर्यकुमार श्रेष्ठ श्री उत्तम राउत श्री शुक्रलाल श्रेष्ठ श्री राजेन्द्रकुमार श्रेष्ठ श्री राम गिरी श्री टीकाबहादुर थापा श्री अच्युतप्रसाद पोखरेल श्री प्रेमशरण श्रेष्ठ श्री शशिजंग थापा श्री नातिबाबु बुढाथोकी श्री अष्टबहादुर श्रेष्ठ श्री राजमान राजथला श्री जुद्धबहादुर कार्की श्री रेशमलाल श्रेष्ठ श्री विकाश राउत श्री प्रकाश पोखरेल श्री सनोदकुमार थापा श्री सुरेशकुमार पोखरेल श्री देवनारायण कार्की श्री रमन कायस्थ श्री कृष्णभक्त श्रेष्ठ श्री हरिशरण श्रेष्ठ श्री राजकुमार श्रेष्ठ श्री ईश्वरबहादुर श्रेष्ठ श्री दिनेशकुमार पोखरेल श्री मोतीबहादुर बुढाथोकी श्री सुनिता पोखरेल श्री रव

एघारौं साधारणसभा सम्पन्न

सिरु बौद्धिक समाज, सिरुटार भक्तपुरको ११ औं साधारणसभा २०६६ जेष्ठ २ गते शनिवार ललितपुरको गोदावरीमा सम्पन्न भयो । २०५२ सालमा भक्तपुर जिल्लाको सिरुटार गाविस भित्रका स्नातक पास गरेका समूहले गठन गरेको सामाजिक संस्था हो । उक्त साधारणसभाले गतवर्षो कार्य प्रगति विवरण तत्कालीन सचिव देवनारायण कार्कीले प्रस्तुत गर्नुभएको थियो भने आय व्ययको विवरण तत्कालीन कोषाध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । उक्त सभाले समाजको भावी कार्यक्रम र योजना समेत साधारणसभामा पेश गरेको थियो । समाजको मुखपत्रको रूपमा हरेक २/२ वर्षा प्रकाशन गर्दै आएको "सिरु स्मारिका" को छैठौं अंकको समिक्षा समेत सम्पन्न भएको थियो । उक्त साधारणसभामा पर्ूवअध्यक्ष तथा सल्लाहकार मुकुन्दप्रसाद पोखरेल र अष्ट बहादुर श्रेष्ठ, समाजका पूर्व उपाध्यक्ष विष्णुकाजी थापा तथा गाविस पूर्व अध्यक्ष एवं सल्लाहकार शशीजंग थापाले समाजको गतिविधि एवं भावी कार्यक्रमको लागि स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न सुझाव दिनुका साथै पूरानो कार्य समितिलाई धन्यवादका साथै नवगठित कार्य समितिलाई बधाई दिएका थिए । लक्ष्मणराज विष्टको अध्यक्षतामा १३ सदस्य