Posts

Showing posts from September, 2016

सोह्रौं साधारणसभा सम्पन्न र नयाँ कार्य समिति चयन

Image
तत्कालीन सिरुटार गाउँ विकास समितिमा २०५२ सालमा २८ जना स्नातकहरूबाट एउटा विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित यस सिरु बौद्धिक समाज २०५४ श्रावण १ गते जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा दर्ता भई समाज सेवामा समर्पित यस सिरु बौद्धिक समाज मिति २०६३।६।२६ गते समाज कल्याण परिषद दर्ता भई कर्य गर्दै आएको यस बिशुद्ध सामाजिक संस्थाले विभिन्न सामाजिक कार्य गर्नुका साथै स्मारिका प्रकाशनबाट उठेको रकम शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ । ११५ जना सदस्य रहेको यस सस्थाको मिति २०७३ भाद्र २५ गते स्थानीय सिरुटार माध्यामिक विद्यालय सभाहलमा १६ औं साधारण सभा सम्पन्न भयो । साहित्यकार एवं समाजका पूर्व अध्यक्ष मुकुन्द प्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यमा अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न साधारणसभामा समाजका सचिव सनोदकुमार थापाबाट वार्षिक प्रतिवेदन तथा आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । समाजका सदस्य श्री नातिबाबु बुढाथोकीले स्वागत तथा समाजको गतिविधीबारे प्रकाश पर्नु भएको उक्त सा

उत्कृष्ट विद्यार्थी सम्मानित(२०७२ सालको एसएलसी परीक्षामा उत्र्तीण)

Image
यस सिरु बौद्धिक समाज, अनन्तलिंगेश्वर नगरपालिका, सिरुटार, भक्तपुरले तत्कालीन सिरुटार गाविस (हाल अनन्तलिंगेश्र नगरपालिका वडा नं.६,७ र ८ ) भित्र स्थायी बसोबास गरी २०७२ सालको एसएलसी परीक्षामा उत्र्तीण भाइबहिनीहरूलाई आज २०७३ भाद्र ९ गते श्रीकृष्णाष्टमीको पावन अवसर पारेर एक विशेष कार्यक्रमका साथ सम्मान कार्यक्रम सम्पन्न ग¥यो । नेपाली सेनाका पूर्व उपरथी श्री पदम विलास कार्कीज्यूको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार माध्यामिक विद्यालयको सभाहलमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ३३ जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो प्रदान गर्नुका साथै सिरुटार सर्वोकृष्ट विद्यार्थी स्थानीय सिरुटार इङ्लिस सेकेण्डरी स्कूलका छात्र दिपेश कायस्थ, जि.पि.ए. ३.९० लाई प्रमुख अतिथिज्यूबाट विशेष पुरस्कार प्रदान गरी सम्मान गरियो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय बालकोट बौद्धिक समाजका अध्यक्ष श्री कृष्णभक्त श्रेष्ठ, प्राज्ञिक समाज दधिकोटका सचिव एवं दधिकोट उच्च मा.वि.का शिक्षक जनक न्यौपाने, सिरुटार मा.वि.का प्रधानाध्यपक नारायण प्रसाद