सोह्रौं साधारणसभा सम्पन्न र नयाँ कार्य समिति चयन

तत्कालीन सिरुटार गाउँ विकास समितिमा २०५२ सालमा २८ जना स्नातकहरूबाट एउटा विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित यस सिरु बौद्धिक समाज २०५४ श्रावण १ गते जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा दर्ता भई समाज सेवामा समर्पित यस सिरु बौद्धिक समाज मिति २०६३।६।२६ गते समाज कल्याण परिषद दर्ता भई कर्य गर्दै आएको यस बिशुद्ध सामाजिक संस्थाले विभिन्न सामाजिक कार्य गर्नुका साथै स्मारिका प्रकाशनबाट उठेको रकम शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ । ११५ जना सदस्य रहेको यस सस्थाको मिति २०७३ भाद्र २५ गते स्थानीय सिरुटार माध्यामिक विद्यालय सभाहलमा १६ औं साधारण सभा सम्पन्न भयो । साहित्यकार एवं समाजका पूर्व अध्यक्ष मुकुन्द प्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यमा अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा सम्पन्न साधारणसभामा समाजका सचिव सनोदकुमार थापाबाट वार्षिक प्रतिवेदन तथा आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । समाजका सदस्य श्री नातिबाबु बुढाथोकीले स्वागत तथा समाजको गतिविधीबारे प्रकाश पर्नु भएको उक्त साधारणसभा अध्यक्ष डा.देवनारायण कार्कीले धन्यवाद एवं समापन मन्तव्य राख्नु भएको थियो । सोही साधारण सभाले समाजका उपाध्यक्ष श्री ध्रुवराज विष्टलाई आगामी २ वर्षको लागि कार्यसमिति अध्यक्षमा सर्वसम्मतबाट चयन गरी निम्नानुसार कार्यसमिति मनोनय गर्यो । १. अध्यक्ष - श्री ध्रुवराज बिष्ट २. उपाध्यक्ष - श्री रमण कायस्थ ३. उपाध्यक्ष - श्री राजकुमार श्रेष्ठ ४. सचिव - श्री सनोदकुमार थापा ५. कोषाध्यक्ष - श्री गीताप्रसाद पोखरेल ६. सह सचिव - श्रीमती शान्ति कायस्थ ७. सदस्य - सुश्री भगवती थापा ८. सदस्य - श्री नातिबाबु बुढाथोकी ९. सदस्य - श्री नातिकाजी बस्नेत १०. सदस्य - श्री राजेन्द्रकुमार श्रेष्ठ ११. सदस्य - श्री रविन्द्रकुमार थापा १२. सदस्य - श्री खम्ब राई १३. सदस्य - श्री रामकृष्ण कार्की

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न