Posts

Showing posts from 2019

कोषाध्यक्षबाट समाजको आर्थिक प्रतिवेदन

Image
आदरणीय साधारणसभाका सभापतिज्यू, आदरणीय अध्यक्ष्यज्यू, सल्लाहकारज्यूहरु, कार्यकारिणी सदस्य साथीहरु, र मेरा सहकर्मी साथीहरुमा सर्वप्रथम यस बाह्रौ साधारणसभाको सुखद उपलक्ष्यमा उपस्थित हुनु भएका यहाँहरुलाई स्वागत गर्दै यस समाजको कोषाध्यक्षको हैसियतले अभिवादन व्यक्त गर्न चाहन्छु । हाम्रो सानो प्रयासबाट समाजमा देखिएका कुरिति तथा विसंगति अन्त्य गरी समुन्नत समाजको सिर्जना गर्ने उद्देश्यले यस संस्थाले नियमित कार्यक्रमलाई निरन्तरता दिई सन्चालन भइरहेको छ । सभासद् महोदय, यस समाजको आर्थिक वर्ष २०७४÷०७५ को लेखा परीक्षण सम्पन्न भइसकेको अवगत गराउँदछु । साथै २०७५ श्रावणदेखि हालसम्म यस समाजको आर्थिक क्रियाकलापको यथार्थ स्थिति यस गरिमामय सभामा प्रस्तुत गर्न अनुमति चाहन्छु । यस सभाका सभापति महोदय, यस गरिमामय सभामा यस संस्थालाई अझ बढी तेजका साथ अगाडि बढाउन आप्mनो अमु्ूल्य राय, सुझाव दिई सहयोग गरिदिनु हुनेछ भन्ने यस प्रतिवेदन माथि छलफल गरी यस साधारणसभाबाट आय व्यय अनुमोदन समेत गरिदिनु हुन फेरि अनुरोध गर्दै मेरो सानो प्रतिवेदन यही टुङ्याउँदछु । धन्यवाद । —कोषाध्यक्ष गीताप्रसाद पोखरेल २०७६।४।१८ गते ।

सिरू बौद्धिक समाजको अठारौं साधारणसभा सचिव प्रतिवेदन

Image
आदरणीय साधारणसभाका सभापतिज्यू, अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यकारिणी सदस्य साथीहरु, आजीवन तथा साधारण सदस्य साथीहरु एवं अन्य उपस्थित अतिथिहरुमा समेत हार्दिक अभिवादन टक्¥याउँदछु । सर्वप्रथमः यस गरिमामय सभा समक्ष कार्य समितिको तर्पmबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाएकोमा गौरवान्वित महसुस गर्दै सम्पूर्ण सदस्यहरूलाई स्वागत समेत गर्न चाहन्छु । सूर्यविनायक नगरपालिका वडा नं.१ (सविकको सिरूटार गाविस) भित्र स्नातकहरूलाई शैक्षिक, बौद्धिक एवं सामाजिक क्षेत्रमा निरन्तर रूपमा संलग्न गराई सो को प्रतिफल सिरुटार र समग्र राष्ट्रले नै प्राप्त गर्न सकोस् भन्ने उद्देश्यका साथ २०५२ सालमा २८ जना स्नातकहरूबाट स्थापित यो एउटा विशुद्ध सामाजिक संस्था हो । हालसम्म यस संस्थाको संस्थापक सदस्य, आजीवन सदस्य र साधारण सदस्य गरी १२३ जना सदस्य संख्या पुगिसकेको यस गरिमामय सभा समक्ष अवगत गराउँदछु । यस संस्थाले स्थापनाकाल देखि शैक्षिक, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्नुका साथै विभिन्न समाजसेवी, विशिष्ट व्यक्तित्वहरु, एस.एल.सी÷एस.ई.ई. तथा विद्यावारिधी उपाधी प्राप्त व्यक्तित्वहरुलाई सम्मा

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

Image
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १८ औं साधारणसभा वडा नं.१ सभाहल, सिरुटारमा सुसम्पन्न भएको छ । समाजको अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा आयोजित १८ औं साधारणसभा प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाको प्रमुख आतिथ्य, सूर्यविनायक न.पा. वडा नं.१ का वडा अध्यक्ष सानुकाजी कायस्थको विशेष आतिथ्यमा आयोजित साधारण सभामा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको भयो भने कोषाध्यक्ष श्री गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस साधारणसभालाई सफलताको कामना सहित समाजका सल्लाहकार संयोजक डा.बालचन्द्र मिश्रले शुभकामना मन्तव्य राख्नु भएको थियो भने विशेष अतिथि वडा अध्यक्ष सानुकाजी कायस्थले साधारणसभा सफलताको कामना सहित सूर्यविनायक नगरपालिकाका सबै वडाहरुमा विकासको लहर चलेको र आपूm जनप्रतिनिधीहरु कामको गुणस्तर, भए नभएको प्रत्यक्ष निगरानीको लागि कार्य सम्पादनको अवस्था बुभ्mनको लागि हरेक निर्माण क्षे

सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क विमोचन

Image
सिरु बौद्धिक समाज, सूर्यविनायक नगरपालिका वडा नं. १, सिरुटार भक्तपुरले प्रकाशनमा ल्याएको सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतबाट विमोचन सम्पन्न भयो । सोमलिङ्गेश्वर महादेवस्थान, सिरुटारस्थित बुढाथोकी पार्टी प्यालेसमा आयोजित एक विशेष समारोह बीच पूर्व उद्योगमन्त्री एवं संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्य एवं समाजका सल्लाहकार एवं प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय शशीजंग थापाको विशेष आतिथ्यमा समाजका अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा आयोजित उक्त समारोहमा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, स्थानीय सिरुटार मा.वि.मा प्रधानाध्यापक नारायण प्रसाद पोखरेल, चरखण्डी तीर्थस्थल संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापा लगायत संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष सहित स्थानीय समाजसेवी, सामाजिक संस्थाहरुका प्रतिनिधी, राजनैतिक व्यक्तित्व, समाजका सदस्यहरुको उपस्थितिमा समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा कार्यसमिति सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु हुँदै संस्थाको गतिविध