कोषाध्यक्षबाट समाजको आर्थिक प्रतिवेदन

आदरणीय साधारणसभाका सभापतिज्यू, आदरणीय अध्यक्ष्यज्यू, सल्लाहकारज्यूहरु, कार्यकारिणी सदस्य साथीहरु, र मेरा सहकर्मी साथीहरुमा सर्वप्रथम यस बाह्रौ साधारणसभाको सुखद उपलक्ष्यमा उपस्थित हुनु भएका यहाँहरुलाई स्वागत गर्दै यस समाजको कोषाध्यक्षको हैसियतले अभिवादन व्यक्त गर्न चाहन्छु । हाम्रो सानो प्रयासबाट समाजमा देखिएका कुरिति तथा विसंगति अन्त्य गरी समुन्नत समाजको सिर्जना गर्ने उद्देश्यले यस संस्थाले नियमित कार्यक्रमलाई निरन्तरता दिई सन्चालन भइरहेको छ । सभासद् महोदय, यस समाजको आर्थिक वर्ष २०७४÷०७५ को लेखा परीक्षण सम्पन्न भइसकेको अवगत गराउँदछु । साथै २०७५ श्रावणदेखि हालसम्म यस समाजको आर्थिक क्रियाकलापको यथार्थ स्थिति यस गरिमामय सभामा प्रस्तुत गर्न अनुमति चाहन्छु ।

यस सभाका सभापति महोदय, यस गरिमामय सभामा यस संस्थालाई अझ बढी तेजका साथ अगाडि बढाउन आप्mनो अमु्ूल्य राय, सुझाव दिई सहयोग गरिदिनु हुनेछ भन्ने यस प्रतिवेदन माथि छलफल गरी यस साधारणसभाबाट आय व्यय अनुमोदन समेत गरिदिनु हुन फेरि अनुरोध गर्दै मेरो सानो प्रतिवेदन यही टुङ्याउँदछु । धन्यवाद । —कोषाध्यक्ष गीताप्रसाद पोखरेल २०७६।४।१८ गते ।

Comments

Popular posts from this blog

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति