Posts

Showing posts from September, 2010

दृष्टिविहीन छात्रा सम्मानित

त्रिभुवन विश्वविद्यालय मानविकी सङ्कायतर्फ प्रमाणपत्र तहमा यस वर्ष सर्वोत्कृष्ट स्थान हासिल गर्ने दृष्टिविहीन छात्रा सृष्टि केसीलाई शनिबार सम्मान गरिएको छ । भक्तपुर सिरुटार-५ निवासी केसीलाई आज सिरु बौद्धिक समाज, भक्तपुरले सिरुटारमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा उपप्राध्यापक कुमार थापाले दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभयो । राष्ट्रपति डा. रामवरण यादवद्वारा यस वर्षको राष्ट्रिय शिक्षा विभूषणबाट सम्मानित दृष्टिविहीन केसी सवलाङ्गका लागि समेत अभिप्रेरणाका विन्दु बनेको थापाले बताउनुभयो । समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रवेशिका उत्तीर्ण विद्यार्थी सम्मानित

Image
२०६६ सालमा प्रवेशिका परिक्षा दिएर उत्तीर्ण भएका सिरुटारका स्थानीय विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । यस सिरु बौध्दिक समाजले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको हो । स्थानीय विकास मन्त्री रविन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हालै राजनीति शास्त्रमा पीएचडी गर्नुभएका स्थानीय डा.देवनारायण कार्कीलाई पनि सम्मान गरिएको थियो । डा.कार्की सिरु बौध्दिक समाजका उपाध्यक्ष हुनुहुन्छ ।