दृष्टिविहीन छात्रा सम्मानित

त्रिभुवन विश्वविद्यालय मानविकी सङ्कायतर्फ प्रमाणपत्र तहमा यस वर्ष सर्वोत्कृष्ट स्थान हासिल गर्ने दृष्टिविहीन छात्रा सृष्टि केसीलाई शनिबार सम्मान गरिएको छ ।

भक्तपुर सिरुटार-५ निवासी केसीलाई आज सिरु बौद्धिक समाज, भक्तपुरले सिरुटारमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा उपप्राध्यापक कुमार थापाले दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभयो ।

राष्ट्रपति डा. रामवरण यादवद्वारा यस वर्षको राष्ट्रिय शिक्षा विभूषणबाट सम्मानित दृष्टिविहीन केसी सवलाङ्गका लागि समेत अभिप्रेरणाका विन्दु बनेको थापाले बताउनुभयो ।

समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न