वरिष्ठ पत्रकार रिसालद्धारा ‘जीवन–यात्रा’ लोकार्पण
भक्तपुर, २९ चैत : नेपाल सरकारको अवकास प्राप्त उप–सचिव एवं सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज बिष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले शनिवार यहाँ आयोजना गरेको पुस्तक लोकार्पण एवं नववर्ष २०७८ को शुभकामना आदान–प्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गर्नु भएको हो । पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयबस्तुले आफ्नो वालापन र जीवनको दुःख, सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालिन समयमा काँठको अबस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा आपूmले भोगेका यथार्थ अझ उजागर गर्दै कृतिको सफलता एवं कृतिबाट पाठ सिक्न र आफ्ना अनुभवहरुलाई कृतिको रुप प्रस्तुत गर्न अरुलाई पनि प्रेरणा मिल्ने उहाँको भनाइ थियो । पत्रकार रिसालले स्थानीय किसान आन्दोलन सहयात्रीहरु पदमबहादुर बुढाथोकी, लिलाबहादुर थापालगायतको योगदानबारे चर्चा गर्दै नयाँ जातका लेर्मा ५२ गहुँ, ताइचिन धान, सिँचाई र रसायनिक मलले काँठका किसानहरुको उब्जिनी बढ्न गई आर्थिक अवस्थामा सुधार ल्याएको