सिरू बौद्धिक समाजको अठारौं साधारणसभा सचिव प्रतिवेदन


आदरणीय साधारणसभाका सभापतिज्यू, अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यकारिणी सदस्य साथीहरु, आजीवन तथा साधारण सदस्य साथीहरु एवं अन्य उपस्थित अतिथिहरुमा समेत हार्दिक अभिवादन टक्¥याउँदछु । सर्वप्रथमः यस गरिमामय सभा समक्ष कार्य समितिको तर्पmबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाएकोमा गौरवान्वित महसुस गर्दै सम्पूर्ण सदस्यहरूलाई स्वागत समेत गर्न चाहन्छु । सूर्यविनायक नगरपालिका वडा नं.१ (सविकको सिरूटार गाविस) भित्र स्नातकहरूलाई शैक्षिक, बौद्धिक एवं सामाजिक क्षेत्रमा निरन्तर रूपमा संलग्न गराई सो को प्रतिफल सिरुटार र समग्र राष्ट्रले नै प्राप्त गर्न सकोस् भन्ने उद्देश्यका साथ २०५२ सालमा २८ जना स्नातकहरूबाट स्थापित यो एउटा विशुद्ध सामाजिक संस्था हो । हालसम्म यस संस्थाको संस्थापक सदस्य, आजीवन सदस्य र साधारण सदस्य गरी १२३ जना सदस्य संख्या पुगिसकेको यस गरिमामय सभा समक्ष अवगत गराउँदछु । यस संस्थाले स्थापनाकाल देखि शैक्षिक, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्नुका साथै विभिन्न समाजसेवी, विशिष्ट व्यक्तित्वहरु, एस.एल.सी÷एस.ई.ई. तथा विद्यावारिधी उपाधी प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै शैक्षिक सस्था, स्वास्थ्य निकायहरुलाई आर्थिक सहयोग गर्नुका साथै रक्तदान गर्नुका साथै साहित्यिक कार्यक्रमहरु समेत आयोजना गरिएको अवगत गराउँदछु । २०७३ सालको बडादशै, शुभदिपावली, छठपर्व एवं नेपाल सम्वत ११३७ को पावन अवसर पारेर २०७३ कार्तिक १२ गते, राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.श्री प्रभु बुढाथोकीको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम, मिति २०७३ चैत्र २६ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका वरिष्ठ न्यूरोसर्जन प्राध्यापक डाक्टर श्री प्रकाश विष्टज्यूको प्रमुख आतिथ्य स्थानीय सिरुटार स्वास्थ्यचौकी, सिरुटारमा आयोजित नववर्ष २०७४को शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न । मिति २०७४ असार १० गते समाजको आयोजनामा स्थानीयतहको निर्वाचनमा सूर्यविनायक न.पा.वडा नं.१ बाट नवनिर्वाचित जनप्रतिनिधीहरू वडा अध्यक्ष सानुकाजी कायस्थ, महिला सदस्य श्रीमती अम्बिका न्यौपाने, दलित महिला सदस्य श्रीमती कल्पना नेपाली, वडा सदस्यद्वय श्री बाबुकाजी श्रेष्ठ र श्री प्रदीप कार्कीलाई बधाई तथा शुभकामना प्रदान । मिति २०७५ भाद्र ३० गते शनिवार सिरु बौद्धिक समाज, सिरुटारले “स्मार्टसिटी (नयाँ नगर योजना)” विषयक गोष्ठी काठमाडौंको बबरमहलस्थित साप फल्चामा राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य ई.सुनिलबाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सिरु बौद्धिक समाजले प्रकाशनमा ल्याएको सिरु स्मारिका (स्मार्ट सिटी विशेषाङ्क) दर्शौ अङ्क सोमलिङ्गेश्वर महादेवस्थान, सिरुटारस्थित बुढाथोकी पार्टी प्यालेसमा आयोजित एक विशेष समारोह बीच पूर्व उद्योगमन्त्री एवं संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्य एवं समाजका सल्लाहकार एवं प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय शशीजंग थापाको विशेष आतिथ्यबाट संयुक्त रुपमा विमोचन सम्पन्न भएको अवगत गराउँदछु । यस समाजले आगामी वर्ष विभिन्न सामाजिक जनचेतना, शिक्षा एवं स्वास्थ्य क्षेत्रमा कार्य गर्न प्रस्तावित कार्यहरू भएको जानकारी गराउँदछु । अन्तमा, सिरु बौद्धिक समाजले हालसम्म गरेका कार्य र योगदानहरू समग्रमा प्रसंशनीय रहन गएको छ । समाजलाई प्रभावकारी र सकृय बनाइ राख्नको लागि सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै यस संस्थाबाट भएका कार्यहरुको कमी कमजोरीलाई औल्याइ दिनु भई सहयोग गरिदिनु हुनेछ भन्ने पूर्णविश्वास राख्दै प्रस्तुत प्रतिवेदन माथि आवश्यक छलफल पश्चात सुझाव सहित अनुमोदन गरिदिनुहुको लागि यस गरिमामय साधारणसभा समक्ष विनम्र अनुरोध गर्दछु । धन्यवाद । सचिव सनोदकुमार थापा २०७६ श्रावण १८ गते

Comments

Popular posts from this blog

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति