सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क विमोचन

सिरु बौद्धिक समाज, सूर्यविनायक नगरपालिका वडा नं. १, सिरुटार भक्तपुरले प्रकाशनमा ल्याएको सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतबाट विमोचन सम्पन्न भयो । सोमलिङ्गेश्वर महादेवस्थान, सिरुटारस्थित बुढाथोकी पार्टी प्यालेसमा आयोजित एक विशेष समारोह बीच पूर्व उद्योगमन्त्री एवं संघीय संसद प्रतिनिधी सभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्य एवं समाजका सल्लाहकार एवं प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय शशीजंग थापाको विशेष आतिथ्यमा समाजका अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा आयोजित उक्त समारोहमा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, स्थानीय सिरुटार मा.वि.मा प्रधानाध्यापक नारायण प्रसाद पोखरेल, चरखण्डी तीर्थस्थल संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापा लगायत संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष सहित स्थानीय समाजसेवी, सामाजिक संस्थाहरुका प्रतिनिधी, राजनैतिक व्यक्तित्व, समाजका सदस्यहरुको उपस्थितिमा समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा कार्यसमिति सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु हुँदै संस्थाको गतिविधि बारे समेत जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि माननीय महेश बस्नेत तथा विशेष अतिथि माननीय शशीजंग थापाले संयुक्त रुपमा बिमोचन गर्नु भएको उक्त पुस्तक माथि सम्पादन संयोजक डा.बालचन्द्र मिश्रले स्मारिकामा प्रकाशित लेख रचनाहरुको बारे समीक्षा गर्दै स्मार्टसिटी विशेषाङकको रुपमा प्रकाशन गर्नुका कारण, महत्व र विशेषता माथि प्रकाश पार्नु भयो । साथै स्मार्टसिटी विशेषमा लेखिएका लेखहरुको समीक्षात्यक वर्णन समेत गर्नु भएको थियो । विशेष अतिथिको रुपमा उपस्थित थापाले मन्तव्यकै क्रममा स्मार्टसिटी बनाउँदा स्थानीय बासिन्दा बिस्थापित हुनु पर्ने भन्ने भ्रमबाट मुक्त भएर यस कार्यलाई सहयोग गर्न आग्रह गर्नु हुँदै जग्गा कम हुनेहरुलाई पनि जग्गा पुलिङ सिस्टमले जग्गा व्यवस्थापन गर्दै सबैको बसोबासको सुनिश्चित गरेको बताउनु भयो । प्रमुख अतिथि माननीय बस्नेतले काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा नयाँनगर योजना अन्तर्गत स्मार्टसिटी निर्माणको डिपिआर निर्माण कार्य थालनी गरिसकेको बताउनु हुँदै नेपाल सरकारको केन्द्रीय, प्रदेश सरकार र स्थानीय निकायहरुबाट समेत स्मार्टसिटीको अवधारणा अनुसार नै काठमाडौं उपत्यका भित्रका जग्गा व्यवस्थापनदेखि स्थानीय स्थायीबासिन्दाको स्थायित्व, संस्कार, संस्कृतिको संरक्षण गर्दै स्मार्टसिटी बनाउने नेपाल सरकारको योजना रहेको जानकारी गराउनु हुँदै स्मार्टसिटी भित्र, आकाशेपानीको व्यवस्थापन, सबै आर्थिक कार्य कार्डकै प्रयोगबाट, प्रविधियुक्त सुरक्षा संयन्त्रको विकास, ल्याण्डपुलिङ सिष्टमको प्रयोग गरी सरकार प्रतिजग्गाको अधिकतम उपयोग गरी पर्तीजग्गालाई पनि सही उपभोग गरी स्मार्टसिटी निर्माण गर्ने योजना रहेको जानकारी गराउनु हुँदै स्मार्टसिटी निर्माणको योजनालाई सबै निकाय, स्थानीय जनतालाई समेत सुसुचित गराउने कार्यमा सिरु बौद्धिक समाज, सिरुटारले निभाएको भूमिका प्रति धन्यवाद समेत दिनु भएको थियो । उपमेयर जुना बस्नेतले पर्याप्त सडक पूर्वाधार, व्यवस्थित भवन संहिता, सहज र सुलभ यातायात, स्वास्थ्य शिक्षा र मनोरञ्जनको पर्याप्त व्यवस्था भएको शहरलाई स्मार्ट सिटीको अवधारणा व्यक्त गर्नु हुँदै नगरभित्रका शतप्रतिशत घरहरुमा खानेपानी, बिजुली, इन्टरनेट, मनोरञ्जनस्थलहरु, पार्क, हरियाली, फुटपाथ सहितको चौडा सडक, सडकबत्तिको उचित व्यवस्था सहित आधुनिक टेक्नोलोजी युक्त शहरको परिकल्पना गर्दै स्मार्टसिटीको अवधारणा अनुसार नै कार्य गरिरहेको बताएकी थिईन । नगरपालिकाले एक घर एक धारा अभियान अन्तर्गत कार्य थालनी गरिसकेको समेत जानकारी गराउनु भयो ।
समाजका अध्यक्ष एव्म कार्यक्रममा सभापति ध्रुवराज विष्टले प्रमुख अतिथि माननीय बस्नेतलाई समाजको तर्पmबाट मायाको चिनो प्रदान गुर्न हुँदै अन्तमा अतिथिवर्ग, स्मारिकाका लेखक, सम्पादक मण्डल, प्रकाशन कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न