एघारौं साधारणसभा सम्पन्न

सिरु बौद्धिक समाज, सिरुटार भक्तपुरको ११ औं साधारणसभा २०६६ जेष्ठ २ गते शनिवार ललितपुरको गोदावरीमा सम्पन्न भयो ।
२०५२ सालमा भक्तपुर जिल्लाको सिरुटार गाविस भित्रका स्नातक पास गरेका समूहले गठन गरेको सामाजिक संस्था हो । उक्त साधारणसभाले गतवर्षो कार्य प्रगति विवरण तत्कालीन सचिव देवनारायण कार्कीले प्रस्तुत गर्नुभएको थियो भने आय व्ययको विवरण तत्कालीन कोषाध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । उक्त सभाले समाजको भावी कार्यक्रम र योजना समेत साधारणसभामा पेश गरेको थियो । समाजको मुखपत्रको रूपमा हरेक २/२ वर्षा प्रकाशन गर्दै आएको "सिरु स्मारिका" को छैठौं अंकको समिक्षा समेत सम्पन्न भएको थियो ।
उक्त साधारणसभामा पर्ूवअध्यक्ष तथा सल्लाहकार मुकुन्दप्रसाद पोखरेल र अष्ट बहादुर श्रेष्ठ, समाजका पूर्व उपाध्यक्ष विष्णुकाजी थापा तथा गाविस पूर्व अध्यक्ष एवं सल्लाहकार शशीजंग थापाले समाजको गतिविधि एवं भावी कार्यक्रमको लागि स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न सुझाव दिनुका साथै पूरानो कार्य समितिलाई धन्यवादका साथै नवगठित कार्य समितिलाई बधाई दिएका थिए ।
लक्ष्मणराज विष्टको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन भयो । उपाध्यक्षद्वय देवनारायण कार्की र राजकुमार श्रेष्ठ, सचिव सनोदकुमार थापा, कोषाध्यक्ष इ.प्रकाश राउत सह-सचिव रमण कायस्थ तथा सदस्यहरू कृष्णप्रसाद पोखरेल, सुश्री भगवती थापा, मोहनबावु कार्की, सुश्री प्रमिला कायस्थ, सीताराम थापा र इ.भिमसेन श्रेष्ठ र एक जना सदस्य कार्य समितिको बैठकबाट मनोनयन गर्ने गरी सम्पन्न भयो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न