सिरु बौद्धिक समाज एक परिचय

सिरूटार गाविस भित्रका बौद्धिक समूहको परिचालनद्वारा गाउँ, समाज र राष्ट्रको विकास निर्माणको कार्यमा सहयोग पुर्‍याउने सामाजिक संस्था हो सिरू बौद्धिक समाज । गाविसभित्रका बौद्धिक जमातलाई एकत्रित गरी उनीहरूको शैक्षिक तथा बौद्धिक विकासमा सहयोगी भूमिका निर्वाह गर्नु यस संस्थाको मूल लक्ष्य र उद्देश्य हो ।
र्सवप्रथम २०५२ साल चैत्र ३ गते सिरूटारस्थित तत्कालीन ब्राइट फ्युचर इङ्गलिस स्कूलमा सिरूटार गाविस भित्रका शिक्षितवर्गको भेला गरियो । उक्त भेलामा बौद्धिक समाज गठन, यसका भावि उद्देश्यहरू जस्ता विविध विषयहरूमा छलफल गरियो । उक्त छलफलबाट यस क्षेत्रको सामााजिक विकासको लागि एक तटष्थ, गैर राजनैतिक तथा विशुद्ध सामाजिक संस्था गठन हुनु अत्यावश्यक भएको कुरामा र्सवसम्मत निर्णय भयो । जस अनुरूप सोही महिनाको १० गते बसेको बैठकले 'सिरू बौद्धिक समाज' नामक सामाजिक संस्था गठन गर्ने निर्णय गर्‍यो । जुन भेलाको उद्देश्य सिरूटार क्षेत्रका स्नातकहरूलाई शैक्षिक, बौद्धिक र सामाजिक क्षेत्रमा निरन्तर रूपमा संलग्न गर्राई सो को प्रतिफल सिरूटार र समग्र राष्ट्रले नै प्राप्त गर्न सकोस् भन्ने थियो ।
सिरु बौद्धिक समाज नामक सामाजिक संस्था गठन गर्ने सामुहिक निर्णय भए पनि संस्थालाई उद्देश्यअनुरुप निरन्तरता दिन सकिने हो होइन भन्ने कुरालाई मध्यनजर गर्दै संस्थाको निरन्तरता, कार्यशैली, स्थायित्व जस्ता विषयमा अनुभव बटुल्नको लागि लगभग एकवर्षनैतिक रूपमा संस्था सञ्चालन गरियो । यसको अनुभवले यो संस्थालाई निरन्तरता दिन र यसका उद्देश्य अनुरूपका कार्य गर्ने पक्षमा जे जस्ता चुनौति र बाधा व्यवधानहरू आइपरेपनि त्यसको सामना गर्न सकिने दृढ निश्चय गरी २०५४ सालमा यस संस्थालाई विधिवत रूपमा दर्ता गरियो ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा मिति ०५४।४।१ मा द.नं.२३४ मार्फ दर्ता गरी वैधानिक रूपमा सञ्चालन गरिएको यस संस्था २८ जना संस्थापक सदस्यहरूबाट शुरू गरिएकोमा हाल यस संस्थामा ११० जना सदस्य रहेकाछन् । समाजलाई गतिशिलता प्रदान गर्ने र समाज तथा राष्ट्रलाई

बौद्धिक समाजको तर्फाट थप योगदान पुर्‍याउने उद्देश्यले मिति २०६३।०६।२६ गते बौद्धिक समाजलाई समाज कल्याण परिषद्मा समेत दर्ता गराइयो । सोही अनुरुप गैह्रसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरमा पनि आबद्ध गराइयो ।
यस समाजका सदस्यता ग्रहण गर्नको लागि सिरूटार गाविसमा स्थायी बसोबास गर्नेहरू मध्ये पुरुषको हकमा विधानतः कम्तीमा स्नातक हुनै पर्ने प्रावधान छ भने महिलाहरूको हकमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि समाजको सदस्य हुन योग्य भएको मानिन्छ । यद्यपि, शैक्षिक योग्यताको प्रमाणपत्र नै व्यक्तिको बौद्धिकता मापन गर्ने एकमात्र माध्यम बन्न सक्दैन भन्ने वास्तविकतालाई मध्यनजर गर्दै लामो समयदेखि अध्ययन, अध्यापन, लेखन वा अनुसन्धानको कार्यमा संलग्न व्यक्ति पनि समाजको सदस्य बन्न सक्ने प्रावधान छ । साथै समाजलाई रू.२०,०००।--बीस हजार) वा सो भन्दा बढि नगद वा जिन्सी सहयोग गर्ने सहयोगदातालाई पनि संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिने प्रावधान विधानमा समावेश गरिएको छ । यसका अलावा समाजको कार्यसमितिको बहुमत सदस्यले सदस्यता दिने निर्णय गरी साधारण सभाले अनुमोदन गर्नुपर्दछ ।
विधान बमोजिम सिरू बौद्धिक समाज स्थापना हुँदाका सम्पूर्ण सदस्यहरू संस्थापक सदस्य, सोबाहेक विधिवत् रूपमा समाजको सदस्यता ग्रहण गरेका साधारण सदस्य, कार्य समितिमा चयन भएका सदस्यहरूलाई कार्यकारिणी सदस्य, आजीवन सदस्यता वापत एकमुष्ट रू ५००।--पाँचसय) बुझाउनेलाई आजीवन सदस्य र रू. २०,०००।- -बीसहजार) वा सो भन्दा बढि नगद वा जिन्सी सहयोग गर्नेलाई मानार्थ सदस्य भनिनेछ । समाजको संस्थापक सदस्य-२८ रहेकोमा हाल आजीवन सदस्य २८ तथा साधारण सदस्य ८२ थप भई कूल सदस्य-११० पुगेका छन् । यस समाजको कार्यालय हाल सिरूटार गाउँ विकास समितिको भवनमा स्थापना गरिएको भए पनि छिटै नै यस समाजको छुट्टै भवन बनाउने सोचाइ रहेको छ ।
सिरूटार क्षेत्रको बौद्धिक, शैक्षिक र सामाजिक क्षेत्रका अलावा अन्य विकास, निर्माणका क्षेत्रमा सहयोग पुर्‍याउने यस संस्थाको उद्देश्य अनुरूप प्रस्तावित सिरूटार मा.वि. का विद्यार्थीहरूलाई २०५३ साल पौष महिनादेखि यस संस्थाको तर्फबाट निःशुल्क कोचिङ्ग कक्षा सञ्चालन गरिएको थियो भने सोही प्रस्तावित मा.वि. मा १ जना मा.वि.स्तरको शिक्षक नियुक्त गर्नको लागि सिरु बौद्धिक समाजका प्रत्येक सदस्यहरूले मासिक रू.५०।- प्रदान गर्नुको साथै मा.वि.शिक्षकको दरवन्दी उपलव्ध गराउन समेेत विशेष पहल गरेको थियो ।
संस्थाको उद्देश्य मुताविक सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा समाजले वि.सं. २०५४ सालमा वडा नं.७ स्थित सोमलिङ्गेश्वर प्रा.वि.को स्तरबृद्धि गरी नि.मा.वि. बनाउने प्रयोजनार्थ राख्नुपर्ने धरौटी स्वरूप रू ५०,०००।- र सोही विद्यालयको छाना ढलानको लागि रू ९,३००।- गरी जम्मा रू ५९,३००।-, वडा नं.९ स्थित शिशुस्याहार प्रा.वि.लाई भौतिक सुधार -कक्षा कोठा थप) गर्नको लागि रू १७,०००।-, सिरूटार र दधिकोटको सिमानामा पर्ने चरखण्डी खोलामा मन्दिर निर्माण गर्न रू ७,०००।-, सिरूटार उपस्वास्थ्य चौकीको छाना ढलानको लागि रू ५०,०००।- आर्थिक सहयोग बौद्धिक समाजले प्रदान गरेको छ । यी सम्पर्ूण्ा आर्थिक सहयोगको एकमात्र स्रोत समाजले स्थापना कालदेखि प्रकाशन गर्दै आएको स्मारिकामा प्रकाशित विज्ञापन वापत प्राप्त रकमनै हो । समाजसेवीलाई पनि हौसला र प्रोत्साहन दिने सिरु बौद्धिक समाज आफूले मात्र सामाजिक सेवाको कार्य नगरी समाजसेवामा समर्पित भई कार्य गर्दै आएको छ । जसअनुरुप आफ्नो चल अचल सम्पत्ति विद्यालय, स्वास्थ्य चौकी, गाविस भवन र पुस्तकालयलाई प्रदान गर्ने व्यक्तिहरूलाई क्रमशः सम्मान गर्ने कार्य समेत यस समाजले नियमित रूपमा संचालन गर्दै आएको छ । जसमध्ये सिरूटार मा.वि.को लागि जग्गा प्रदान गर्नुहुने जग्गादाताद्वय श्री लालबहादुर थापा र श्रीमती खड्गकुमारी थापालाई २०५४ जेठ ३२ गते, सोमलिङ्गेश्वर प्रा.वि.को लागि जग्गा प्रदान गर्नुहुने जग्गादाता स्व. विश्वनाथ मिश्रको सम्मानमा उहाँकी धर्मपत्नी श्रीमती सीता मिश्रलाई २०५५ साल बैशाख १ गते, सिरूटार गाविसको लागि जग्गा प्रदान गर्नुहुने तत्कालीन प्रधानपञ्च तथा समाजसेवी स्व. नरबहादुर राउतको सम्मानमा उहाँका छोरा श्री चित्रबहादुर राउतलाई २०५६ साल जेठ २२ गते तथा सिरूटार उपस्वास्थ्य चौकीको लागि जग्गा प्रदान गर्नुहुने जग्गादाता स्व. खेसनारायण कायस्थको सम्मानमा उहाँकी धर्मपत्नी श्रीमती नानीमैया कायस्थलाई २०५७ साल जेठ १ गते सम्मान गरियो ।
समाजका अन्य नियमित कार्यक्रमहरूमा आफ्नो स्थापना कालदेखि नै हालसम्म प्रवेशिका परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भाइवहिनीहरूलाई अभिनन्दन तथा पुरस्कृत गर्ने कार्यक्रमले निरन्तरता पाइरहेको छ भने समय-समयमा कवि गोष्ठी, साहित्यिक कृतिको प्रकाशन तथा लोकार्पण गर्नुको अलावा सिरू स्मारिका प्रकाशन गरी र्सवसाधारणलाई संस्थाको गतिविधिहरूको जानकारी गराउँदै आइएको छ । यसैगरी समाजको अग्रसरतामा सिरूटार उपस्वास्थ्य चौकीमा वरिष्ठ चिकित्सकहरुद्वारा नियमित स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आएकोमा प्राविधिक कारणले हाल उक्त सेवा स्थगित गरिएको छ ।
बौद्धिक समाजलाई आगामी दिनमा अझ सफल र लोकप्रिय बनाई प्रत्येक व्यक्ति, गाउँ, समाज र राष्ट्रले नै प्रशंसा गर्न सक्ने स्थानमा पुर्‍याउनको लागि यसका सदस्यहरू समाज सेवा प्रति अझ प्रतिवद्ध र सक्रिय हुनु पर्ने देखिन्छ । साथै यस संस्थाप्रति सम्पूर्ण सिरूटारवासीको सकारात्मक दृष्टिकोण र रचनात्मक सहयोग समेत अपरिहार्य छ ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न