उत्कृष्ट विद्यार्थी सम्मान २०७४ (माध्यमिक शिक्षा परिक्षा २०७३)

सिरु बौद्धिक समाज, सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार, भक्तपुरले उक्त वडाको तत्कालिन सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्र्तीण भएका भाइबहिनीहरूलाई सम्मान ग¥यो । व्यवस्थापिका संसदका सांसद माननीय श्री केदारप्रसाद संजेलज्यूको प्रमुख आतिथ्य तथा विशेष अतिथिको रुपमा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतको उपस्थितिमा स्थानीय क्याण्डिड ईन्टरनेशनल एकेडेमीको सभाहलमा आयोजित माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण सम्मान कार्यक्रममा स्थानीय २१ जना भाइबहिनीहरुलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र,Siru Intellectual Award- 2074 र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ३.८५ जि.पि.ए. ल्याउने मेरीगोल्ड इङ्लिस सेकेण्डरी स्कूल, बालकोटकी छात्रा सृष्टी श्रेष्ठ “सिरुटार उत्कृष्ट विद्यार्थी” घोषित भइन भने ३.८० जि.पि.ए. ल्याउने द्वय क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्रेजिका श्रेष्ठ र माउन्टभ्यू सेकेण्डरी स्कूल, बालकोटका विकेश श्रेष्ठ उत्कृष्ट विद्यार्थी घोषित भएका थिए । समाजका अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सूर्यविनायक नगरपालिका वडा नं.१ का अध्यक्ष सानुकाजी कायस्थ, महिला सदस्य श्रीमती अम्बिका न्यौपाने, दलित महिला सदस्य कल्पना नेपाली लगायत समाजका पदाधिकारी, सल्लाहकारहरु पूर्व गाविस अध्यक्ष शशीजंग थापा, उपाध्यक्ष मदनबहादुर थापा, चरखण्डी तीर्थस्थल क्षेत्रविकास तथा संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापा लगायत स्थानीय समाज सेवी, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय विभिन्न संघ संस्थाका पदाधिकारीहरु एवं अभिभावकहरुको उपस्थिति रहेको थियो । समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष श्री रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो भने सल्लाहकार संयोजक डा.बालचन्द्र मिश्रले समाजको साधारण परिचय तथा गतिविधीबारे प्रकाश पार्नु भएको थियो । स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५२ सालमा स्थापित उक्त समाजिक संस्थाले २०५४ सालदेखि एसएलसी उत्तीर्ण भाइबहिनीहरूलाई सम्मान गर्दै आएको जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उत्कृष्ट छात्रा सृष्टी श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा पास गरेर खुसी हुने कुरो त छँदैछ, त्यो भन्दा पनि अझ बढी गहन भएर शिक्षा आर्जन गर्न लागि पर्नुका साथै मुलुक र समाजप्रति जिम्मेवारी र दायित्व बढेको जनाउँदै त्यसका लागि हामी मरिमेटेर अगाडि बढ्नु छ भन्दै सबै साथीहरुलाई आफ्ना दायित्व प्रति सजक गराएकी थिइन । विद्यालयहरूको प्रतिनिधित्व गर्दै क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्राचार्य श्री धर्मप्रसाद कँडेल शिक्षाको धेरै खुड्किला मध्ये एउटा खुट्किलो पार गर्नु भयो अझ धेरै खुट्किलाहरु चढ्नु पर्ने छ । त्यसप्रति अझ मिहेनत र परिश्रम गर्न सल्लाह र सुझाव दिनु हुँदै शुभकामना व्यक्त गर्नु भएको थियो र्। त्यस्तै पूर्व गाविस अध्यक्ष शशीजंग थापाले पनि भाइबहिनीहरुलाई शुभकामना तथा बधाई दिनु हुँदै यस समाजलाई तपाईहरुको शिक्षा, ज्ञान र सीपको ठूलो खाँचो रहेको औल्याउँदै भविष्यमा यहाँको भूमिका ठूलो रहने औल्याउनु भयो । प्रमुख अतिथि मानीय सांसद केदारप्रसाद संजेलले सम्मानीत भाइबहिनीहरूलाई बधाई सन्देश दिँदै तपाईहरुको शिक्षा देश र समाजलाई फलदायी हुनु पर्छ भन्ने सुझाव समेत दिनु भएको थियो । हालै आएको अविरल वर्षाबाट पहाड भेगमा बाढी पैह्रो तथा तराईमा डुवानमा परी ज्यान गुमाउनु भएका सबै आत्मा चिर शान्तिको कामना गदै परीवारजनमा समवेदना प्रकट गर्नु हुँदै पहाडको दुःखमा तराईले र तराईको दुःखमा पहाडका जनता दुःखमा साथ दिनु आजको आवश्यकता रहेको बताउनु हुँदै उक्त कार्यको लागि हामी सबै एकजुट हुनु पर्दछ भनी वहाँको व्यक्तिगततर्पmबाट पनि सहयोग उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको लागि आव्हान गर्नु हुँदा उक्त कार्यक्रमबाट उपस्थितहरुको तर्पmबाट ५० हजारभन्दा बढी सहयोगको प्रतिबद्धता हुनुका साथै सोही स्थलमै धेरै सहयोग जुटेको थियो । अन्तमा सभापतित्व गरिरहनु भएका समाजका अध्यक्ष धु्रवराज विष्टले सिरु बौद्धिक समाजको तर्पmबाट समेत बाढी पिढितहरुलाई सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नु हुँदै व्यस्तताको वावजुद समय दिएर सिरुटारबासी एस.ई.ई. उत्र्तीण भाइबहिनीहरूलाई सम्मान गर्न समय दिनु भएको माननीय संजेलज्यूलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै मायाको चिनो प्रदान गर्नु भई सभा विसर्जन गरेको थिए ।

Name List of SEE STUDENT - 2073 AT SIRUTAR, SIRU INTELLECTUAL SOCIETY, SIRUTAR 2074 Sr No. Name School GPA Remarks 1 Bikesh Shrestha - Mountview Secondary School, Balkot 3.85 2 Sristi Shrestha - Marygold E.B.School, Balkot 3.85 3 Prejika Shrestha - Candid International Academy 3.80 4 Rosha Rajthala 3.75 5 Riya Kayastha - Candid International Academy 3.60 6 Pallavi Mishra - Apex Life School, Mid-Baneshwor 3.60 7 Arohi Basnet 3.55 8 Nirnaya Budhathoki -Candid International Academy 3.40 9 Sandip Thapa -Valley Public School, Lubhoo 3.15 10 Kanchan Thapa- Valley Public School, Lubhoo 3.15 11 Indira Khanal -Sirutar Ma.Vi., Sirutar 3.10 12 Archana Katwal - Sirutar Ma.Vi., Sirutar 3.00 13 Kanchan Dahal - Sirutar Ma.Vi., Sirutar 2.95 14 Subina Raut - CVM Secondary School, Gathaghar 2.95 15 Swastika Thapa - Mary Ward School, Lubhoo 2.90 16 Nisha Shrestha - Mary Ward School, Lubhoo 2.65 17 Anisha Shrestha - Mary Ward School, Lubhoo 2.55 18 Saurav Bikram Thapa- Sirutar Eng School, Sirutar 2.50 19 Rajeev Raut - Jana Chetana ES School, Balkot 2.40 20 Sangam Bista - Sirutar Ma.Vi., Sirutar 2.25 21 Kajal Shrestha - Sirutar Ma.Vi., Sirutar 1.95

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न