स्मार्टसिटी (नयाँनगर योजना)” विषयक गोष्ठी सम्पन्न

मिति २०७५ भाद्र ३० गते शनिवार, काठमाडौं । नेपाल सरकारले अगाडी ल्याएको राजधानी काठमाडौं उपत्यकाका चार दिशामा चारवटा नयाँ शहर (स्मार्टसिटी) निर्माण गर्ने विशेष अभियानलाई सफल पार्न उक्त कार्यक्रम लागू हुने क्षेत्रका सर्वसाधारणलाई यथार्थ जानकारी गाउने उद्देश्य अनुरुप सिरु बौद्धिक समाज, सिरुटारले “स्मार्टसिटी (नयाँ नगर योजना)” विषयक गोष्ठी राजधानी काठमाडौंको साप फल्चा बबरमहलमा सम्पन्न गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्य, समाजका अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा सम्पन्न गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य ई.सुनिलबाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने स्मार्ट सिटीलाई विज्ञान तथा प्रविधिमैत्री बनाउन सक्नुपर्छ । भन्ने जोड दिनु भयो । साथै उक्त कार्यलाई जनप्रतिनिधिका रुपमा रहनु भएका प्रदेशसभाका सदस्य, स्थानीय नगरपालिकाका मेयर, उपमेयर तथा उपस्थित बुद्धिजीवी वर्गलाई स्वच्छ, सफा र हराभरा नयाँ सहर निर्माण गर्न लाग्नुपर्नेमा जोड दिदैं विगतमा पहुँचका आधारमा विकास निर्माणको कार्य गर्दा गति लिन नसकेकाले अब प्राथमिकताका आधारमा योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्छ भनी बताउनु भयो । उक्त गोष्ठीमा ममा ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य ईन्जिनियर डा. सुनिलबाबु श्रेष्ठले विश्वका विकसित तथा अन्य मुलुकहरुको स्मार्ट सिटीको बारे जानकारी गराउँदै, नेपालका विकास गर्न लागिएका सिटीहरु र त्यसको प्रक्रिया, जग्गा व्यवस्थापन, प्रविधिको व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सेवा सुविधाहरुको सरकारले राखेका प्रस्तावित योजनाको बारेको स्पाष्ट पार्नु भएको थियो । उक्त विषयमा देखिएका समस्या र स्थानीय निकायहरु निकायका प्रमुखहरुले पनि प्रतिक्रिया र वर्तमान व्यवस्थापनमा पर्न सक्ने समस्याहरुको बारेमा स्पष्ट पार्नु भएको थियो । उक्त गोष्ठीमा समाज सेवी एवं वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ पत्रकार पुरु रिसाल, प्रदेश नं.३ प्रदेशसभा सदस्यहरु रजनी जोन्छे, राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, श्री शशीजंग थापा, मेयर कागेश्वरी मनहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत स्थानीय समाजसेवी अवकास प्राप्त उपरथी श्री पदम बिलास कार्की लगायतका स्थानीय समाजसेवी संस्थाका प्रतिनिधीहरुले जिज्ञास राख्नु भएको थियो । उक्त जिज्ञासाको बारमा ई सुनिलबाबु श्रेष्ठले प्रष्ट पारिदिनु भएको थियो । उक्त कार्यमा सिरु बौद्धिक समाजका उपाध्यक्ष रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका कार्यकारी सदस्य राजेन्द्रकुमार श्रेष्ठले समाजको गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्तमा, गोष्ठीको सभापतित्व गरिरहनु भएको समाजका अध्यक्ष ध्रुवराज विष्टले सहभागी सबैलाई धन्यवाद दिनु भई प्रस्तुता ई.श्री सुनिलबाबु श्रेष्ठलाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न