१५ औं साधारणसभा र नयाँ कार्यसमिति चयन

भक्तपुर जिल्लाको सिरुटार गाविसमा कार्यरत सामाजिक संस्था सिरु बौद्धिक समाजको १५ औं साधारण सभा आज भक्तपुर र काभ्रेको सिमानामा अवस्थित आशापुरेश्वर महादेवस्थानमा सम्पन्न भयो । स्नातकभन्दा माथिल्लो शैक्षिक उपाधि हासिल गरेका स्थानीय युवाहरुको समूहबाट गठन भएको यस समाजिक संस्थाले स्थानीय सिरुटार गाविसको स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा सक्रिय रुपमा विगत १८ वर्षदेखि सक्रिय रहँदै आएको छ । स्थानीय विद्यालयहरुको स्तरवृद्धि, भौतिक निर्माण, शैक्षिक जागरण तथा विकासका क्षेत्रका साथै स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत यसको भूमिका उल्लेखनीय रहेको छ । समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा आयोजित साधारणसभा समाजका सल्लाहकारहरु डा.बालचन्द्र मिश्र, शशीजंग थापा, उक्त कार्यक्रममा समाजका सचिव सनोदकुमार थापाले समाजको वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सल्लाहकार डा.बालचन्द्र मिश्र, सिरुटार गाविसका पूर्व अध्यक्ष शशिजंग थापा, समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज विष्ट, साहित्यकार एवं समाजसेवी मुकुन्द पोखरेल तथा महिला स्वास्थ्यकर्मी श्रीमती लक्ष्मी विष्टले समाजको १५ औं साधारणसभाको सफलताको लागि शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो । समाजका अध्यक्ष डा.देवनारायण कार्कीबाट समापन तथा धन्यवाद मन्तव्यबाट कार्यक्रम सम्पन्न भएको थियो । उक्त साधारणसभाबाट आगामी २ वर्षे कार्यकालको लागि डा.देवनारायण कार्कीको अध्यक्षतामा उपाध्यक्ष द्वय रमण कायस्थ, ध्रुवराज विष्ट, सचिव सनोदकुमार थापा, कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सह—सचिवमा सुश्री भगवती थापा र सदस्यहरुमा क्रमशः राजकुमार श्रेष्ठ, गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रवीन्द्रकुमार थापा, रामकृष्ण कार्की, नातिकाजि बस्नेत र खम्ब राई सहितको १३ सदस्यीय कार्यसमितिको सर्वसम्मतबाट चयन गरेको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न