Posts

Showing posts from May, 2024

सिरु स्मारिका एघाराैं अङ्क लोकार्पण

Image
                          सिरु बौद्धिक समाजद्वारा प्रकाशित “ सिरु स्माuरिका ” एघारौं पाइला लोकार्पण समारोह सूर्यविनायक नगरपालिकाका प्रमुख श्री बासुदेव थापाको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष श्री सानुकाजी कायस्थको विशेष आतिथ्यमा आज मिति २०८१।०२।१२ गते स्थानीय सुर्यविनायक नगरपालिका वडा नं.१ स्थित विन्ध्यबासिनी पार्टी प्यालेसमा सुसम्पन्न भयो । सिरु बौद्धिक समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष अधिवक्ता श्री विष्णुकाजी थापाको सभापतित्वमा आयोजना भएको थियो । उक्त कार्यक्रमा लोक सेवा आयोगका सहसचिव श्री शिवराम न्यौपाने , श्री महालक्ष्मी नगरपालिका शिक्षा विभाग प्रमुख श्री चिरन्जीवि पौडेल , सूर्यविनायक नगरपालिका सहकारी प्रमुख श्री राजेन्द्रकुमार श्रेष्ठ , भक्तपुर जिल्ला समन्वय समिति सदस्य श्री मन्जु कार्की , नेपाल प्रज्ञा प्रतिष्ठान , प्रज्ञा सभा सदस्य श्री ईश्वर बुढाथोकी , साहित्यकार नारायण तिवारी , चरखण्डी तीर्थस्थल क्षेत्रविकास संरक्षण संस्था सभापति श्री कृष्णबहादुर थापा , युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष श्री मदनबहादुर थापा , नेपाल रेडक्रस सिरुटा