सिरु स्मारिका एघाराैं अङ्क लोकार्पण

            


         सिरु बौद्धिक समाजद्वारा प्रकाशित सिरु स्माuरिका एघारौं पाइला लोकार्पण समारोह सूर्यविनायक नगरपालिकाका प्रमुख श्री बासुदेव थापाको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष श्री सानुकाजी कायस्थको विशेष आतिथ्यमा आज मिति २०८१।०२।१२ गते स्थानीय सुर्यविनायक नगरपालिका वडा नं.१ स्थित विन्ध्यबासिनी पार्टी प्यालेसमा सुसम्पन्न भयो ।

सिरु बौद्धिक समाजका सचिव सनोदकुमार थापाद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष अधिवक्ता श्री विष्णुकाजी थापाको सभापतित्वमा आयोजना भएको थियो । उक्त कार्यक्रमा लोक सेवा आयोगका सहसचिव श्री शिवराम न्यौपाने, श्री महालक्ष्मी नगरपालिका शिक्षा विभाग प्रमुख श्री चिरन्जीवि पौडेल, सूर्यविनायक नगरपालिका सहकारी प्रमुख श्री राजेन्द्रकुमार श्रेष्ठ, भक्तपुर जिल्ला समन्वय समिति सदस्य श्री मन्जु कार्की, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य श्री ईश्वर बुढाथोकी, साहित्यकार नारायण तिवारी, चरखण्डी तीर्थस्थल क्षेत्रविकास संरक्षण संस्था सभापति श्री कृष्णबहादुर थापा, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष श्री मदनबहादुर थापा, नेपाल रेडक्रस सिरुटार इकाई सभापति श्री बलभद्र राउत, स्वर्गाश्रम नेपालका संस्थापक सभापति श्री रामप्रसाद मैनाली  सिरुटार मा.वि.का प्र.अ.नारायण पोखरेल, चमेली कल्याणकारी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रमोद घिमिरे ऋद्धिसिद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष नातिकाजी बस्नेत, पदमबहादुर बुढाथोकी प्रतिभा कोषका अध्यक्ष नातिबाबु बुढाथोकी, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका अध्यक्ष श्री देवीप्रसाद न्यौपाने, बौद्धिक समाजका पूर्व अध्यक्ष, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारी, सदस्यहरु सहितको उपस्थिति रहेको थियो । त्यसै गरी निवर्तमान अध्यक्ष श्री ध्रुवराज विष्ट, पूर्व अध्यक्ष लक्ष्मणराज विष्ट, पूर्व अध्यक्ष बाबुशरण श्रेष्ठ तथा समाजका पदाधिकारीहरू, आजीवन तथा साधारण सदस्यहरु लगायत स्थानीय सामाजिक संस्थाका पदाधिकारीहरु एवम् समाजसेवाहरुको उपस्थिति थियो ।

समाजका उपाध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठबाट समाजको गतिविधि सहित स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथिज्यूबाट पानसमा बत्ति बालेर कार्यक्रम समुद्घाटन गर्नुका साथै सिरु स्मारिका एघारौं अङ्कको लोकार्पण गर्नु भएको थियो । प्रमुख अतिथिज्यूबाट समाजका नयाँ आजीवन सदस्यहरुलाई पनि सदस्यताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रम सफलताको कामना गर्दै लोक सेवा आयोगका सहसचिव श्री शिवराम न्यौपानेज्यूले समाजको विकासमा सामाजिक संस्थाको भूमिका र स्थानीय निकाय बीचको समन्वयले विकास र समाजमा समाजिक परिवर्तनमा उल्लेखनीय भूमिका रहने उल्लेख गर्नु भएको थियो । त्यसै गरी वडा अध्यक्ष श्री सानुकाजी कायस्थले साविक सिरुटार गाविस वर्तमान वडा नं.१ को शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सिरु बौद्धिक समाजले पु¥याएको योगदानको चर्चा गर्नु हुँदै स्थानीय समाजिक संस्थाको साथ र सहयोगले वडाको विकास निर्माण कार्यमा अगाडी बढ्न सहज भएको बताउनु भयो

प्रमुख अतिथि सूर्यविनायक नगरपालिका प्रमुख श्री बासुदेव थापाज्यूले स्थानीय विकासमा सामाजिक संस्थाको भूमिका महत्व रहेको उल्लेख गर्नु हुँदै स्थानीय विकासमा हातोमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता उल्लेख गर्नु भयो ।

अन्तमा कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष विष्णुकाजी थापाले स्मारिका प्रकाशनमा सहयोग पु¥याउने हुने सम्पादक मण्डल, प्रकाशन समिति लगायत कार्यक्रम सफलतापूर्वक सुसम्पन्न गराउन सहयोग पु¥याउने लागयत उपस्थित सम्पूर्ण अतिथि वर्गमा धन्यवाद ज्ञानप गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।















Comments

Popular posts from this blog

सिरु स्मारिका “स्मार्टसिटी विशेषाङ्क” दर्शौ अङ्क विमोचन

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति