२०७१ सालको SLC उत्तीर्ण उत्कृष्ट विद्यार्थी सम्मानित
सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले अनन्तलिंगेश्वर न.पा. वडा नं.६, ७ र ८ (तत्कालीन सिरुटार गाविस)भित्र स्थायी बसोबास गरी २०७१ सालको एसएलसी परीक्षामा उत्र्तीण भएका भाइबहिनीहरूलाई आज २०७२ भाद्र १९ गते श्रीकृष्णाष्टमीको अवसर पारेर एक विशेष कार्यक्रमका बीच सम्मान आयोजना ग¥यो । भक्तपुर जिल्ला क्षेत्र नं.२ का संविधानसभा सदस्य माननीय सभासद श्री रामेश्वर ढुंगेलज्यूको प्रमुख आतिथ्यमा स्थानीय अनन्तलिंगेश्वर न.पा. संयुक्त वडा कार्यालय सिरुटारको सभाहलमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ३९ जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो ।
उक्त सम्मान कार्यक्रममा नमुना इड्डलिस सेकेण्डरी स्कूल, लुभुकी छात्रा आस्था थापा सिरुटारकी सर्वोकृष्ट विद्यार्थी घोषित भइन भने ८६.२५ प्रतिशत अंक ल्याउने मेरीगोल्ड सेकेण्डरी स्कुल,बालकोटका छात्र सनुप श्रेष्ठ द्वितीय र ८५ प्रतिशत अंक ल्याउने नमुना इड्डलिस सेकेण्डरी स्कूल,लुभूकी छात्रा सुमित्रा श्रेष्ठ र श्री पद्म उच्च मा.वि., भक्तपुरका संजिव श्रेष्ठ तृतीय भएका थिए । त्यसैगरी ८४.४४ प्रतिशत अंक ल्याउने स्थानीय सिरुटार मा.वि.की छात्रा सविना के.सी. सामुदायिक विद्यालयतर्पmको उत्कृष्ट विद्यार्थी घोषित भएका थिए । उक्त सम्मान कार्यक्रममा ९ जनाले विशिष्ट श्रेणी, २९ जनाले प्रथम श्रेणी र १ जनाले दोस्रो श्रेणीमा उत्तीर्ण हुने भाइवहिनीहरु सम्मानीत भएका थिए । त्यसै गरी भक्तपुर जिल्लाको सामुदायिक विद्यालयको तर्पmबाट उत्कृष्ट नतिजा ल्याउन सफल सिरुटार मा.वि.लाई समाजका अध्यक्ष डा.देवनारायण कार्कीबाट कदर स्वरुप सम्मान पत्र समेत प्रदान गरियो ।
समाजका सचिव सनोदकुमार थापाद्वारा संचलित उक्त सम्मान कार्यक्रममा समाजका अध्यक्ष डा.देवनारायण कार्कीको सभापतित्वमा संचालित भएको थियो । समाजका उपाध्यक्ष रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजको गतिविधि बारे प्रकाश पार्नु भएको थियो । स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५२ सालमा शिक्षा, स्थास्थ्य एवं अन्य सामाजिक कार्यको क्षेत्रमा भूमिका निभाउने उद्देश्यले स्थापित यस समाजिक संस्थाले २०५४ सालदेखि एसएलसी उत्तीर्ण भाइबहिनीहरूलाई सम्मान गर्दै आएको जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने सिरुटार सर्वोकृष्ट विद्यार्थी छात्रा आस्था थापाले एसएलसी उत्तीर्ण गरेर खुसी हुने कुरो त छँदैछ, त्यो भन्दा पनि अझ बढी गहन भएर शिक्षा आर्जन गर्न लागि पर्नुका साथै मुलुक र समाजप्रति जिम्मेवारी र दायित्व बढेको जनाउँदै त्यसका लागि हामी मरिमेटेर अगाडि बढ्नु छ भन्दै सबै साथीहरुलाई आफ्ना दायित्व प्रति सजक हुन सुझाव दिएका थिए । विद्यालयहरूको प्रतिनिधित्व गर्दै भक्तपुर जिल्ला प्याव्सन अध्यक्ष तथा श्री माइन्टभ्यू ईड्डलिस सेकेण्डरी स्कूलका प्रिन्सिपल राजकुमार महर्जनले एस.एल.सी.पास हुनु भन्दापनि पछाडिका शैक्षिक खुट्किला प्रति अझ मेहनत र लगन हुन प्रेरणा दिनु हुँदै भक्तपुरलाई शैक्षिक पर्यटनको रुपमा विकास गरी नेपाली विद्यार्थी पलायनता रोक्नुका साथै विदेशी विद्यार्थी नै नेपालमा शैक्षिक अध्यापनको लागि ल्याउने वातावरण विकास गर्न लागि परेको बताउन भएको थियो । त्यस्तै यस वर्षको सर्वोकृष्ट विद्यार्थी उत्पादन गर्ने विद्यालय नमुना इड्डलिस सेकेण्डरी स्कूलका प्रिन्सिपल कल्याणकुमार मल्ल, बालकोट बौद्धिक समाजका अध्यक्ष ध्रुवबहादुर ठकुरी, प्राज्ञिक समाज दधिकोटका अध्यक्ष कृष्णमुरारी न्यौपाने, नेपाली सेनाका अवकास प्राप्त उपरथी श्री पदम विलास कार्कीले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि सभासद् श्री रामेश्वर ढुंगेलले भाइबहिनीहरुको शैक्षिक उन्नतिको कामना गर्दै आजको आवश्यकता भएको देशको समुन्नत विकास, आर्थिक क्रान्ति, दीगो विकास र शान्तिको लागि सहमति र सहकार्यमा संविधान जारी गर्नु रहेको बताउनु हुँदै आगामी भाद्र मसान्तसम्ममा नेपालको संविधान २०७२ आइसक्ने बताउनु भयो ।
अन्तमा सभापतित्व गरिरहनु भएका समाजका अध्यक्ष डा.देवनारायण कार्कीले सिरुटारबासी एसएलसी उत्र्तीण भाइबहिनीहरूलाई सम्मान गर्न समय दिनु भएको हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भई सभा विसर्जन गरेको थिए ।
Comments
Post a Comment