शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

सिरु बौद्धिक समाज, सिरुटारको आयोजनामा यही २०७३ सालको बडादशै, शुभदिपावली, छटपर्व एवं नेपाल सम्वत ११३७ को पावन अवसर पारेर २०७३ कार्तिक १२ गते, स्थानीय अनन्तेश्वर नगरपालिका वडा नं.७, सिरुटार स्थित सिरुटार इङ्गलिस सेकेण्डरी स्कूलको प्राङ्गणमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.श्री प्रभु बुढाथोकीको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष श्री धु्रवराज विष्टको सभापतित्वमा बडादशै, शुभदिपावली, छटपर्व २०७३ एवं नेपाल सम्वत ११३७ को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, रोल्पाका जिल्ला शिक्षा अधिकारी श्री चिरन्जीवि पौडेल, नेपाल रेडक्रस सोसाइटी, सिरुटार ईकाईका सभापति अभिमन्यू राउत, समाजका सचिव सनोदकुमार थापाले संचालन गर्नु भएको थियो भने समाजका उपाध्यक्ष एवं सिरुटार इङ्गलिस स्कूलका प्रिन्सिपल श्री रमन कायस्थले समारोहमा स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष श्री ध्रुवराज विष्टले समाजले संचालन गरेका गतिविधी, विगतमा गरेका उल्लेखनीय कार्यहरु, आगामी दिनहरुमा समाजलाई अगाडी बढाउन गर्न सकिने कार्यहरु एवं स्थानीय समाजसेवी संस्था तथा विभिन्न निकायहरुसँग सहकार्य गर्दै समाजको विकासका लागि कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा उपस्थित स्थानीय समाजसेवी सस्था, राजनैतिक दलका प्रतिनिधी, शिक्षासेवी, विभिन्न स्थानीय निकायका प्रमुख, प्रतिनिधीहरु एवं समाजका सदस्यहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय नेपाल रेडक्रस सोसाइटी, सिरुटार उपाशाखाका सभापति अभिमन्यू राउतले शुभकामना व्यक्त गर्नु भएको थियो भने रोल्पाका जिल्ला शिक्षा अधिकारी श्री चिरञ्जीवी पौडेलले पनि पचहत्तरै जिल्लाका जिल्ला शिक्षा अधिकारीकोतर्पmबाट शुभकामना व्यक्त गर्नु भएको थियो । अन्तमा प्रमुख अतिथिको निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएका राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा.प्रभु बुढाथोकीज्यूले सिरु बौद्धिक समाज, स्थानीय निकाय, उपस्थित भद्र महिला तथा सज्जनवृन्द एवं समग्र नेपालीमा २०७३ सालको शुभदीपावली, छटपर्व एवं नेपाल सम्बत ११३७ को पावन अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै देश विकासमा राष्ट्रिय योजना आयोगले खेल्नु पर्ने भूमिकामा घचघचाउने कार्यमा स्थानीय निकाय, समाजसेवी, सामाजिक सस्थाको भूमिका अहम रहने हुँदा आयोगलाई अझ सशक्त बनाउन यस्था सामाजिक सस्थाको सुझावको अपेक्षा समेत गर्नु भएको थियो । अन्तमा अध्यक्षको आज्ञाले कार्यक्रम संचालनक एवं समाजका सचिव सनोदकुमार थापाले कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न