- Get link
- Other Apps
अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १८ औं साधारणसभा वडा नं.१ सभाहल, सिरुटारमा सुसम्पन्न भएको छ । समाजको अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा आयोजित १८ औं साधारणसभा प्रदेश नं.३ का प्रदेशसभा सदस्य माननीय श्री शशीजंग थापाको प्रमुख आतिथ्य, सूर्यविनायक न.पा. वडा नं.१ का वडा अध्यक्ष सानुकाजी कायस्थको विशेष आतिथ्यमा आयोजित साधारण सभामा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको भयो भने कोषाध्यक्ष श्री गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस साधारणसभालाई सफलताको कामना सहित समाजका सल्लाहकार संयोजक डा.बालचन्द्र मिश्रले शुभकामना मन्तव्य राख्नु भएको थियो भने विशेष अतिथि वडा अध्यक्ष सानुकाजी कायस्थले साधारणसभा सफलताको कामना सहित सूर्यविनायक नगरपालिकाका सबै वडाहरुमा विकासको लहर चलेको र आपूm जनप्रतिनिधीहरु कामको गुणस्तर, भए नभएको प्रत्यक्ष निगरानीको लागि कार्य सम्पादनको अवस्था बुभ्mनको लागि हरेक निर्माण क्षे
Comments
Post a Comment