एस.एल.सी. उत्तीर्ण विद्यार्थी सम्मानित समारोह २०६८

सिरु बौद्धिक समाज सिरुटार भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०६७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका भाइबहिनीहरुलाई श्रीकृष्णाष्टमीको अवसर पारेर सम्मान गर्यो ।
वरिष्ठ पत्रकार एवं समाजसेवी भैरव रिसालको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ६१ जना विद्यार्थीहरुलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र मायाको चिनो र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरुलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ९०.७५ प्रतिशत ल्याउने सुमन श्रेष्ठ सिरुटार गाविसका उत्कृष्ट विद्यार्थी घोषित भए भने ९०.५० प्रतिशत ल्याउने पूजा राउत छात्रातर्फको उत्कृष्ट एवं गाविसका उत्कृष्ट दोस्रो र ८९.७५ प्रतिशत अङ्क ल्याउने संजय थापा उत्कृष्ट तेस्रो विद्यार्थी घोषित भएका थिए ।
समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिरुटार इङ्गलिस स्कूलका स-साना नानीहरुबाट राष्ट्रिय गानबाट शुभारम्भ भएको थियो । समाजका सह सचिव रमण कायस्थले समाजको साधारण परिचय र स्वागत मन्तव्य दिएका थिए । स्नातकतह पास गरेका युवाहरुलाई समेटेर २०५२ सालमा स्थापित उक्त समाजिक संस्थाले २०५४ सालदेखि एसएलसी उत्तीर्ण भाइबहिनीहरुलाई सम्मान गर्दै आएको जानकारी गराउनु भएको थियो । विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उत्कृष्ट छात्र सुमन श्रेष्ठले एसएलसी पास गरेर खुसी हुने कुरो त छँदैछ त्यो भन्दा पनि अझ बढी गहन भएर शिक्षा आर्जन गर्न लागि पर्नुका साथै मुलुक र समाजप्रति जिम्मेवारी र दायित्व बढेको जनाउँदै त्यसका लागि मरिमेटेर अगाडि बढ्ने प्रण गर्दै साथीहरुलाई पनि आफ्ना दायित्व प्रति सजक गराएका थिए । विद्यालयहरुको प्रतिनिधित्व गर्दै क्याण्डिड एकेडेमी सिरुटारका पि्र_िन्सपल धर्म पौडेलले एसएलसी मात्र ठूलो कुरो हैन अझ तपाईहरु अध्ययन गर्नुपर्ने क्षेत्र धेरै छन र अध्ययनको लागि विदेशिनु राम्रो पनि हैन भन्दै हाम्रै मुलुकमा विदेशी विद्यार्थी ल्याउने वातावरण सिर्जना गर्नु पर्ने कुरामा जोड दिँदै विद्यार्थी भाइबहिनीहरुलाई बधाई ज्ञापन गर्नुका साथै उत्कृष्ट ३ विद्यार्थी भाइबहिनीहरुलाई विद्यालयको तर्फबाट उपहार समेत प्रदान गर्नु भएको थियो । त्यस्तै उत्कृष्ट छात्र सुमन पौडेल उत्पादन गर्ने विद्यालय भ्याली पब्लिक स्कूल लामाटारका भाइस प्रिन्सिपल आर=वी= गिरीले पनि सम्मानित भाइबहिनीहरुलाई बधाई दिनुका साथै यस्ता कार्यको लागि समाजलाई पनि धन्यवाद दिएका थिए । साथै शिक्षा आर्जनमा आपुनो अनुभव र प्रेरणाको शव्द व्यक्त गर्दै डा.देवनारायण कार्की, इन्जिनियर प्रकाश राउत र नेपाल विद्याभुषण पदकबाट सम्मानित दृष्टिविहीन बहिनी सृष्टी के.सी.ले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि रिसालले सम्मानीत भाइबहिनीहरुलाई बधाई सन्देश दिँदै समाजका विसंगती र विकृति प्रति सजक गराउनु भएका थियो । समाजका शिक्षित व्यक्ति नै बढी मात्रामा खराव गतिविधिमा संलग्न हुँदै गइरहेको पाइएकोले शिक्षाको सँगसँगै आचरण पनि विकास गर्न जोड दिनु भएको थियो । साथै समाजका अध्यक्ष लक्ष्मणराज विष्टले ८४ वर्षीय वरिष्ठ पत्रकार एवं समाजसेवी श्री भैरव रिसाललाई समाज परिवर्तन गर्न हुम्लामा उज्यालो मुगु तथा बाजुरामा शिक्षा स्वास्थ्य तथा चेपाङ्ग जातिलाई सूचनाको हकको लागि रेडियो अभियान जस्ता विभिन्न सामाजिक कार्यमा लाग्नु भएका यस समाजका समेत प्रेरणाका व्यक्तित्वको रुपमा लिँदै दोसल्ला ओढाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए । समाजका सचिव सनोदकुमार थापाले वरिष्ठ पत्रकार एवं समाजसेवी रिसालको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
अन्तमा सभापतित्व गरिरहनु भएका समाजका अध्यक्ष लक्ष्मणराज विष्टले कार्यक्रममा उपस्थित प्रमुख अतिथि अतिथिवर्ग समाजसेवी तथा सम्मानीत भाइबहिनीहरुलाई कार्यक्रम सफल बनाउन पुर्‍याउनु भएको सहयोगको लागि धन्यवाद दिनु हुँदै सभा विसर्जन गरेका थिए ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न